काठमाडौं - कात्तिक २ लाई रिलिज मिति तोकेको 'रानी' फिल्मको टिजर सार्वजनिक भएको छ । सार्वजनिक म्यूजिकल टिजरमा युवापुस्ताको प्रेमलाई देखाइएको छ । फिल्ममा पूर्व मिस नेपाल मलिना जोशी तथा दुई डेब्यू अभिनेता सारूक ताम्राकार र मनिष सुन्दर श्रेष्ठको अभिनय रहेको छ । फिल्ममा मलिनाका प्रेमी अनुप विक्रम शाहीको पनि मुख्य अभिनय रहेको छ।
भानु महर्जन प्रस्तुतकर्ता रहेको फिल्मलाई यम थापाले लेखेका हुन् । फिल्मका निर्देशक दयाराम दाहाल हुन् । पछिल्लो समय पुराना निर्देशकको फिल्म समयसापेक्ष नबनेको भन्ने आरोपको जवाफमा आफूले 'रानी'बाट त्यो आरोप गलत सावित गर्ने उनले बताए।
'मैले अघिल्ला फिल्मको तुलनामा यसमा आफुले नै आफुलाई अपडेट गरेको छु । युवापुस्ताको प्रेम कथा भएकोले यसमा मैले नयाँ अनुहारसंगै युवापुस्ताका अनुहारलाई कास्ट गरेको हु । फिल्ममा सुक्ष्म माया दर्शाउन खोजिएको छ । युवापुस्ताले जसरि मायालाई लिईरहेको छन् , त्यसलाई पनि देखाउने कोशिस त छ नै साथै मायाको महत्व बुझाउने प्रयास पनि हो फिल्म रानी ', दाहालले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।