• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

धर्म परिवर्तन गराउँदै हिँड्ने अमेरिकनलाई अध्यागमनको 'ग्रिन सिग्नल', कारबाहीबिनै छुटिन् क्वान्टा

इटहरी काण्डका कोरियन नागरिकमाथि अनुसन्धान गर्दैछौं
64x64
नारायण अधिकारी मंगलबार, वैशाख १७, २०७६  १३:१०
1140x725

काठमाडौं– बैसाख १२ गते दिउँसो। 

बा १३ प ३१९६ नम्बरको स्कोर्पियो गाडी दाङको घोाराहीमा ओहोरदोहोर गर्न थाल्छ। एउटै गाडी लगातार यताउता किन गरिरहेछ? यही गाडीले प्रहरीलाई शंकाको सुविधा दिन्छ। त्यसपछि चनाखो भएको प्रहरी  उक्त गाडीमाथि निगरानी बढाउन थाल्छ।

त्यसैबेला स्थानीयमार्फत जिल्ला प्रहरी कार्यालय दाङका एसपी बेलबहादुर पाण्डेलाई महत्वपूर्ण सूचना आउँछ, ‘सर, एउटा स्कोर्पियोमा आएको समूहले धर्म प्रचारप्रसार गराउँदै हिँडिरहेको छ।’ 

सूचनामा भनिएको गाडी नम्बर उही हुन्छ, बा १३ प ३१९६।

साँझसम्मै प्रहरीले मात्रै निगरानी गरिरहेको हुन्छ। जब साँझ पर्छ, उक्त गाडीमा ओहोरदोहोर गर्ने समूह घोराहीको होटल डोकोमा छिर्छ। पिछा गर्दै गरेको प्रहरी टोलीको प्रवेश पनि केहीबेरमा सोही होटलमा हुन्छ। 

जब प्रहरी टोलीले एक्सन लिन्छ, उक्त गाडीबाट बाइबलले भरिएका कार्टुन, रकम राखिएका खाम, ल्यापटप, पेनड्राइभ लगायतका सामग्री बरामद गर्छ। धर्म परिवर्तन गराउँदै हिँड्ने उक्त समूहका २ विदेशीसहित ५ जना पक्राउ पर्छन्।

पक्राउ पर्नेमा अमेरिकन महिला सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिस्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगन्जका प्रमोद काफ्ले छन्।

आर्थिक प्रभावमा पारेर धर्म परिवर्तन गराउने उद्देश्यले खाममा केही रकमसमेत राखेर बाँडिने गरेको अनुसन्धानमा खुल्छ। पेनड्राइभमा पनि क्रिस्चियन धर्म सम्बन्धीका डकुमेन्ट फेला पर्छ।

Ncell 2
Ncell 2
nimb
nimb

कानुनविपरीत धर्म परिवर्तन गराएको पाइएपछि जिल्ला प्रहरी कार्यालय दाङले उनीहरुविरुद्ध मुलुकी अपराध संहिता ऐनको दफा १५८ विपरीत धर्म परिवर्तनमा मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गर्छ। 

अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मेलाई संविधानविरोधी काम गरेको भन्दै अध्यागमन विभाग पठाइन्छ।

त्यसबेला दाङ प्रहरीले सिनक्वान्टालाई देश निकाला गर्न सिफारिससहित अध्यागमन विभागलाई पत्राचार गरेको थियो। तर अध्यागमन विभागले भने कुनै कारबाही नगरी सिनक्वान्टलाई छोडेको छ। 

प्रहरीले देश निकाला गर्न सिफारिस गरिएको व्यक्तिलाई किन छाडियो त? 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

नेपाल लाइभको प्रश्नमा अध्यागमनका प्रवक्ता रामचन्द्र तिवारी भन्छन्, ‘प्रहरीले प्रमाण नपुगी समातेछ। त्यसैले छाड्नुपर्‍यो। यो सामान्य हो।’

उता, दाङ प्रहरीले भने प्रमाणसहित पक्राउ गरेको भन्दै प्रहरीकै साथ लगाएर सिनक्वान्टालाई अध्यागमन पठाएको थियो। प्रमाणसहित पक्राउ परेकी उनी दूतावासको दबाबमा छुटेको स्रोतले बताएको छ। दूतावासले कुनै कारबाही नगरी तत्काल छाड्न भनेपछि अध्यागमन आइपुगेलगत्तै सिनक्वान्टालाई छाडिएको स्रोतले जनाएको छ।

दूतावासको दबाबमा उनी छुटेपछि पक्राउ परेका अन्य चार जनालाई रिहा हुने बाटो खुलेको थियो। सिनक्वान्टा बाहेकका चार जनालाई दाङ प्रहरीले दाङमै मुद्दा चलाएर अनुसन्धान सुरु गरेको थियो। ५ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेका उनीहरुलाई पनि हिजो सोमबार जिल्ला अदालत दाङ तारेखमा रिहा गरेको दाङका एसपी बेलबहादुर पाण्डेले बताए। 

स्रोतका अनुसार अध्यागमनले सिनक्वान्टालाई छोडेपछि उनीहरुलाई छाड्न स्वत: दबाब परेको थियो। एउटै कसुरमा पक्राउ परेका मुख्य नाइके भनिएका व्यक्ति छाडेपछि बाँकी छाड्नुपर्ने दबाब परेपछि उनीहरुलाई पनि छाडिएको स्रोतले जनाएको छ।

सिनक्वान्टा एक महिने पर्यटक भिसामा नेपाल आएकी थिइन्। उनको भिसा मे ४ मा सकिँदैछ। स्रोतका अनुसार उनी नेपाल आएलगत्तै दाङ गएर धर्म प्रचारमा लागेकी थिइन्। क्रिस्चियन धर्म प्रचारमा सिनक्वान्टाले ठूलो लगानी गरेको अनुसन्धानमा संलग्न अधिकारी बताउँछन्। 

यसैगरी धर्म परिवर्तन गराउँदै हिँड्ने तीन जना जापानी नागरिकलाई दाङ प्रहरीले पक्राउ गरेको थियो। अनलाइन स्टटिजको नाममा पोखरा आएका उनीहरु धर्म प्रचारप्रसार गर्न दाङ पुगेका थिए। उनीहरु पनि तारेखमा रिहा भएका थिए।

यसरी धर्म प्रचार प्रसार तथा परिवर्तनको नाममा पक्राउ गरेका अधिकांश विदेशी नागरिकहरु दूतावासको दबाबमा छुट्दै आएका छन्।

इटहरी काण्डका कोरियन नागरिकमाथि अनुसन्धान गर्दैछौं
केही दिनअघि सुनसरीको इटहरीका अभिषेक कार्की र उनकी पत्नी आयुषा चौधरी क्रिश्चियन धर्मको नाममा आफूहरुलाई ठगिएको बताउँदै मिडियामा आएका थिए। विवाह नहुँदै परिवार नियोजन गर्न लगाएको, भएको सम्पत्ति सबै चर्चमा लगानी गर्न लगाएर आफूहरुमाथि ठगी भएको भन्दै उनीहरुले प्रहरीमा उजुरीसमेत दिएका थिए।

मुख्य दोषी कोरियन नागरिक सङ जा हान भएको भन्दै उनीविरुद्ध उजुरी दिएका थिए। हानमाथि अनुसन्धान सुरु गरिएको अध्यागमनले जनाएको छ। विभागका प्रवक्ता तिवारी भन्छन्, ‘स्थानीय प्रशासनलाई ती व्यक्तिको बारेमा खोजी गरेर डिटेल टिपाउन भनेका छौं, अहिलेसम्म आइसकेको छैन।' 

‘इन्टरनेसनल वी लभ यु फाउन्डेसन'को नाममा नेपाल छिरेका सङ जा हान इसाई धर्म प्रचारमा सक्रिय छन्। विभिन्न पूर्वाधार निमार्ण गर्ने उद्देश्यले नेपाल छिरेको उक्त संस्थाको नेपाल प्रमुख हुन् उनी। हाल ‘परमेश्वरको मण्डली विश्व सुसमाचार समाज (सियोन)’ मार्फत धर्म प्रचार गरिरहेका छन्। 

भौतिक निर्माणदेखि शान्ति स्थापना गर्ने नाममा सो फाउन्डेसनले काम गरिरहेको छ। तर, फाउन्डेसनको लोगोमा धर्म प्रचार भइरहेको स्थानीयले बताउँदै आएका छन्। 

यस्तो छ कानुनी व्यवस्था
मुलुकी अपराध संहिता (२०७४) को परिच्छेद ९ मा धर्मसम्बन्धी कसुरको बारेमा उल्लेख गरिएको छ। सोही परिच्छेदको दफा १५८ धर्म परिवर्तन गराउन नहुने भनेर लेखिएको छ।

दफा १५८ को उपदफा १ कसैले कसैको धर्म परिवर्तन गराउन वा सो कुराको उद्योग गर्न वा दुरुत्साहन दिन नहुने उल्लेख गरिएको छ। 

उपदफा २ मा कसैले कुनै जात, जाति वा सम्प्रदायमा सनातनदेखि चलिआएको धर्म, मत वा आस्थामा खलल पार्ने कुनै काम वा व्यवहार गर्न वा खलल हुने गरी कुनै प्रलोभन देखाई वा नदेखाई अन्य कुनै धर्ममा परिवर्तन गराउन वा धर्म परिवर्तन गराउने नियतले त्यस्तो धर्म वा मत प्रचार गर्न नहुने बताइएको छ। 

यसरी धर्म प्रसार गरेर धर्म परिवर्तन गराएको अवस्थामा पाँच वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यसरी धर्म परिवर्तन गराउने व्यक्ति विदेशी भएको अवस्थामा त्यस्तो व्यक्तिलाई यस दफा बमोजिम भएको कैद भुक्तान गरेको सात दिनभित्र नेपालबाहिर पठाउनुपर्ने कानुनी प्रावधान छ। 

प्रभावमा पारेर धर्म परिवर्तन गराएको अवस्थामा थाहा भएको मितिले ६ महिनाभित्र उजुरी गर्न सक्ने व्यवस्था छ। धर्म सम्बनधी अन्य कसुरमा भने ३ महिना नाघेपछि उजुरी नलाग्ने मुलुकी अपराध संहितामा उल्लेख गरिएको छ।

यो पनि :
धर्म परिवर्तनको खेल : श्रीमान्‌को परिवार नियोजन, श्रीमतीलाई 'एबोर्सन' [भिडियो]

समाजसेवाको आवरणमा यसरी हुन्छ धर्मप्रचार [फलोअप]

प्रकाशित मिति: मंगलबार, वैशाख १७, २०७६  १३:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
‘मेरो मोबाइल’ देखि ‘एनसेल’ सम्म  बन्ने चुनौतीपूर्ण यात्रा निजी क्षेत्रको पहिलो जीएसएम मोबाइल सेवा प्रदायकका रूपमा उभिएको यही ‘मेरो मोबाइल’ पछि गएर ‘एनसेल’ का रूपमा परिणत भयो। आज यही कम्पनीको... शनिबार, असोज १७, २०८३
जापानमा जमेका दीपक यात्रा बाग्लुङको बिहुँकोट देखि विश्वमञ्चसम्मको नेतृत्वसम्म त्यही प्रयासको एउटा परिणाम हो—बिहुँकोट मन्दिर परिसरमा बनेका दुई स्थायी अतिथि गृह। जापानमा रहेका ५१ जना बिहुँकोटवासीबाट एक करोड रुपैय... शनिबार, असोज १७, २०८३
कोरला नाकाबाट भित्रिए च्याङ्ग्रा, अनलाइन डेलिभरीको तयारी, दशैंमा मूल्य बढ्ने अनुमान हालै संघीय कृषि तथा पशुपन्छी विकासमन्त्रीले समेत कोरला नाकामा पशुजन्य वस्तुको व्यापार र च्याङ्ग्राको ओसारपसारलाई व्यवस्थित बनाउन क्व... शनिबार, असोज ३, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्