नयाँ दिल्ली (एजेन्सी)– दीपिका पादुकोण यति बेला आफ्नो आगामी फिल्म पद्मावतीको विवादलाई लिएर निकै चर्चामा छिन्। अब उनको चर्चा अर्को फिल्मका कारण चुलिन पुगेको छ।
फरहान अख्तरले आफ्नो अघिल्लो फिल्म ‘डन–३’ को घोषणा यसअघि नै गरिसकेका छन्। यसअघि डनको २ वटा शृंखलामा साहरुख खानको सहयोगी अभिनेत्रीको रुपमा प्रियंका चोपडा समावेश थिइन्।
तर, हलिउडमा प्रियंका ‘क्वान्टिको ३’ को सुटिङमा व्यस्त भएको र साहरुखसँग अफेयरको हल्ला पनि चलेपछि उनको स्थानमा दीपिकालाई लिन लागिएको बताइएको छ। दीपिकाको नामको प्रस्ताव साहरुखले नै गरेको विभिन्न एजेन्सीले बताएका छन्।
साहरुख र दीपिकाले ‘ओम शान्ति ओम’बाट निकै चर्चा बटुलेका थिए। यस्तै, ‘चेन्नई एक्सप्रेस’, ‘हयाप्पी न्यु इयर’ जस्ता फिल्ममा सँगै काम गरिसकेका कारण पनि उनीहरुको केमेस्ट्री खुब मिल्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।