एजेन्सी- चेक गणतन्त्र राष्ट्रिय फुटबल टिमका स्ट्राइकर जोसेफ सुरालको दुर्घटनामा मृत्यु भएको छ। टर्कीमा भएको बस दुर्घटनामा परि सुरालको मएत्यु भएको हो। टर्किस क्लब एटिमेज एलानयस्पोरका खेलाडी सवार बस दुर्घटना हुँदा सुरालको ज्यान गएको हो।
२८ वर्षीय सुरालको मत्यु हुँदा अन्य ६ खेलाडी पनि घाइते भएका थिए। घाइतेको अपस्तालमा उपचार हुँदैछ। गत आइतबार कासरिस्पोरबाट फर्कने क्रममा बस दुर्घटनाम परेको थियो।
क्लबले बसका ड्राइभर निदाएकाले बस दुर्घटना भएको दाबी गरेको छ। ७ जना खेलाडी अर्को बसमा थिए भने बाँकी खेलाडी चढेको बस दुर्घटनामा परेको थियो।
सुराल गत जनावरीमा चेकको प्रागबाट टर्किस क्लबमा आबद्ध भएका थिए। टर्किस क्लबका लागि २० खेल खेलेका उनले गत अक्टोबरमा देशका लागि अन्तिम खेल खेलका थिए। युक्रेनविरुद्धको सो खेलमा चेक पराजित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।