नयाँ दिल्ली (एजेन्सी)– १७ वर्ष लामो अन्तरालपछि भारतमा ‘मिस वर्ल्ड’ उपाधि भित्र्याउने मानुषी छिल्लरको दुई वर्ष अगाडिको फोटो भाइरल भएपछि एक पल्ट फेरि उनको चर्चा चुलिएको छ।
यसै साता उनले चीनमा आयोजना भएको ‘मिस वर्ल्ड’ को उपाधि जितेकी थिइन्। हरियाणाकी मेडिकल विद्यार्थी मानुषी दुई वर्षअघि निकै दुब्ली र चिनिन नसक्ने भएको उनको फोटोले दर्शाएको छ।
हरियाणाको सोनीपतस्थित भगत फुल सिंह सरकारी मेडिकल कलेजमा एमबिबिएस गर्न थालेपछि उनको आत्मविश्वास चुलिएको थियो। मानुषीले विद्यार्थीको पोशाकमा खिचेको फोटो भाइरल भएको हो।
उनको फोटो हेर्ने सबैले अन्दाज लगाउन सक्छन्, उनले ‘मिस वर्ल्ड’ को उपाधि जित्न कति मिहिनेत गरिन् भनेर।
उनले भिडियोमा आफ्नो अध्ययनको विषयमा कुरा गरेकी छिन्। उनले फिजिक्स कन्सेप्टमा आधारित भएको त्यसैले यो विषय घोक्न नसक्ने बताएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।