• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

'संविधानप्रतिको प्रतिबद्धता इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्नुस्'

64x64
नेपाल लाइभ सोमबार, वैशाख १६, २०७६  १६:५३
1140x725

काठमाडौं– नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीलाई संविधानप्रतिको प्रतिबद्धता विगतको इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्न आग्रह गरेका छन्।
सोमबारदेखि सुरु भएको संसदको अधिवेशनमा बोल्दै देउवाले सरकार असफल भएको आरोप लगाए।

यस्तो छ देउवाको सम्बोधनको पूर्णपाठः

म सम्माननीय सभामुख र संघीय संसदका सबै माननीय सांसदलाई संसदको यो अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दछु । सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाईहरुलाई नयाँ वर्ष २०७६ को हार्दिक मंगलयमय शुमकामना व्यक्त गर्दछु । साथै आम नागरिकको चाहना अनुरुप संसदमा रचनात्मक र सशक्त प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछु । 

हालै बारा, पर्सा, रौतहट, धनुषा जिल्ला लगायत तराई  मधेसमा हावाहुरीको प्रकोपले जनधनको ठूलो क्षति भएको छ । यसबाट पीडित नागरिकहरुलाई राहत पुनर्स्थापना गर्ने जस्ता कार्य उचित ढंगले हुन सकेको छैन । हावाहुरीबाट प्रभावित नागरिकलाई तत्काल राहत पुर्‍याउन र पुनर्स्थापनाको व्यवस्था गर्न सरकारसँग माग गर्दछु । 

अघिल्लो वर्ष सबै तहमा संसद र कार्यकारिणीको निर्वाचन सम्पन्न भई नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण चरण पार गर्‍यौं । त्यसपछि, अब  सबै तहको कार्यकारिणी निकायले मुलुकलाई समृद्धिको बाटोमा द्रुत गतिले अघि बढाउने छन् भन्ने आम अपेक्षा जागृत भएको थियो । केन्द्रीय सरकारले विशेषत सम्माननीय प्रधानमन्त्रीले समृद्धि यात्रामा मुलुकलाई निर्वाध रुप अघि बढाउनु हुनेछ भन्ने आशा थियो, अपेक्षा थियो । तर, अभूतपूर्व ऐतिहासिक अबसरका बाबजुद सरकारले यो सयम खेर फालेको छ । अवोध बालिका निर्मला पन्तको बलत्कार र हत्या गर्ने अपराधी अहिलेसम्म सरकारले फेला पारेको छैन । आम नागरिकबीच यस विषयमा सरकारको नियतप्रति आशंका उब्जिएको छ । 

शान्ति सुरक्षाको प्रत्याभूति दिन सरकार असफल रह्यो । समृद्ध नेपाल र सुखी नेपालीको नारा ठूल्ठुलो स्वरले लगाउने सरकारले चालु आर्थिक वर्षको आठ महिनामा पुँजीगत खर्च बढाई विकास र निर्माणको कार्य अघि बढाउने छ भन्ने आशा थियो । तर, सरकारको उपलब्धि निराशाजनक रहेको छ । विगतका सरकारले सम्पन्न गरेका योजनाहरु उद्घाटन गरेर आफैले सम्पन्न गरेको हुँ भनी झूटो प्रचार गर्न बाहेक सरकारले उल्लेखनीय काम गर्न सकेन ।

नेपालकै लगानीमा बुढी गण्डकी परियोजना कार्यान्वयन गर्ने दिशामा अघि बढ्नु सट्टा बिना टेण्डर, बिना प्रतिस्पर्धा ठूलो रकमको खर्चमा विदेशीलाई यो परियोजना सुम्पने प्रपञ्चमा सरकार लाग्यो । फलतः बुढी गण्डकी परियोजनाको भविष्य असुरक्षित हुन पुगेको छ । उचित मुआब्जा वितरणको कार्य समेत रोकेर सरकारले थप अनिश्चयको वातावरण निर्माण गरेको छ । विदेशी सहयोग र लगानीको डिङ् हाक्ने सरकारले अहिलेसम्म विदेशी अनुदान निराशाजनक रुपमा लक्ष्य भन्दा निकै कम मात्रै ल्याउन सकेको छ । थप विदेशी लगानी भित्र्याउने कार्यमा पनि सरकारको उपलब्धि शून्य सरह छ ।

वैदेशीक व्यापारघाटा निरन्तर रुपमा बढ्दै गएको छ । यसबाट अर्थतन्त्रको मुलभूत संरचना गंभिर रुपमा दुष्प्रभावित हुने डर बढेको छ । दिनानुदिन नागरिक मूल्यवृद्धि मार खप्न बाध्य छन् । विगतमा मेरो नेतृत्वमा रहेको सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम आफैले गरेको हुँ भनी तामझामका साथ प्रचार गरेर भ्रम छर्ने बाहेक यो कार्यमा अरु केही सफलता सरकारले प्राप्त गर्न सकेको छैन । स्पाइनल इन्जुरी, क्यान्सर, मुटु र मृगौला सम्बन्धी रोगबाट पीडित अशक्त बिरामीलाई जीविकोपार्जनको लागि मासिक ५ हजार भत्ता दिने मेरो नेतृत्वमा रहेको सरकारको निर्णयलाई यो सरकारले खारेज गर्‍यो ।

nimb
nimb
Ncell 2
Ncell 2

चिकित्सा शिक्षा सुधारका लागि हामीले गरेको प्रयास र प्रधानमन्त्री स्वयंको सार्वजनिक प्रतिबद्धता विपरित चिकित्सा शिक्षा विधेयक जबरर्जस्ती पारित गर्नु सरकारको गैर जिम्मेवार चरित्रको पराकाष्टा हो ।  सिद्धान्त, दर्शन, नीति, कानुन र कार्यक्रमहरुको प्रष्टता बेगर न त विदेशी लगानी आकर्षित गर्न सम्भव छ, न त समृद्धिको यात्रा साँचै अर्थमा अघि बढ्न सक्छ ।

दिनानुदिन ठूल्ठूला भ्रष्टाचारका काण्ड सुनेर नागरिक निराश छन् । खर्चमा अनियमितताको प्रवृत्ति बढ्दो छ । बेरुजु दिनानुदिन तीब्र रुपमा बढ्दै छ । यसले पनि आर्थिक अपचलन र अनियमितता अभूतपूर्वरुपमा बढेको स्पष्ट हुन्छ । सम्माननीय राष्ट्रपतिले समेत भ्रष्टाचार संस्थागत ढंगले अघि बढेको छ भन्ने अभिव्यक्ति दिनु भएको छ । वाइडबडी जाहाज घोटाला सम्बन्धी कार्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान छिट्टै पुरा गरी दोषीलाई कानुनको कटघरामा पुर्‍याउन सकोस्, यो आमनागरिकको चाहना हो । संसदीय समितिको निर्णयको आशय र भाव पनि यही हो ।

बालुवाटारको सरकारीे जग्गा समेत भूमाफियाको कब्जामा पुग्न लागेको तथ्य सार्वजनिक हुँदा पनि सरकार ढाकछोप गर्न तल्लिन देख्दा नागरिकको धैर्यको सीमा टुट्न लागेको छ ।

आउने वर्षमा सरकार यस्ता दुष्कर्ममा नलागोस्, जनअपेक्षा पुरा गर्न अग्रसर होस्, मेरो शुभकामना छ । शुभकामना मात्र होइन प्रमुख प्रतिपक्षको हैसियतमा हाम्रा सबै प्रयत्न विशेषत संसदीय भूमिका सरकारलाई आम नागरिकको पक्षमा कार्य गराउन केन्द्रित रहने छन् ।

सरकारले गएको वर्ष समृद्धिको, विकासको कुरा गर्न, नारा लगाउनमा व्यतित ग¥यो । अब नागरिकले गफ र नारामा होइन साच्चिकै काम र परिणाममा सरकारको उपस्थिति खोजेको छ । प्रमुख प्रतिपक्षको रुपमा जनअपेक्षा पुरा गराउने कार्यमा सरकारलाई अग्रसर रहन हामी सचेत गर्दछौं, सशक्त दबाब दिने छौं । आम नागरिकको अपेक्षा अनुरुपका  राम्रा  काममा सरकारलाई हाम्रो सहयोग रहनेछ । तर आम नागरिकको लामो बलिदान र संघर्षबाट निर्मित संविधानले स्थापित गरेको संघीय, लोकतान्त्रिक, गणतन्त्र र समावेशिताका संरचनालाई भत्काउने दिशा उद्यत सरकारका कार्यलाई बलियो रुपमा प्रतिवाद गर्ने छौं । हाम्रो कर्तव्य पनि यही हो ।

अहिले सम्मका समग्र गल्ती, कमिकमजोरी सुधार गरेर अघि बढ्ने संकल्प सरकारले गरोस् । कुहिरोमा हराएको कागको नियतीबाट बाहिर निक्लिएर सही मार्गमा अघि बढ्न सकोस् । यो वर्ष देशलाई सही ढंगले नेतृत्व प्रदान गर्न सकोस् । सम्माननीय प्रधानमन्त्रीलाई मेरो यही शुभकामना छ । 

धेरै लामो छलफल, विचार विमर्श र मन्थनबाट संविधान निर्माणको समयमा नागरिकता विषयमा हामी सबैले सहमति निर्माण गर्‍यौं । त्यसै अनुसार संविधानमा नागरिकता सम्बन्धि व्यवस्था गर्‍यौं । तराई–मधेसमा मात्र होइन हिमाल–पहाडमा पनि पुस्तौंदेखि बसोबास गर्ने नेपालीले नितान्त प्राविधिक कारणले नागरिकता नपाउने परिस्थितिको अन्त्य गर्ने व्यवस्था गर्‍यौं । संविधानको व्यवस्था अनुरुप नागरिकता पाउनुपर्ने कुनै पनि नेपाली नागरिकताबाट वञ्चित नहुने कुरा सुनिश्चित गर्ने कानूनी व्यवस्था गर्ने विधेयक सम्बन्धित संसदीय समितिमा विचाराधिन छ । यो कार्य त्रुटि रहित रुपमा सम्पन्न गरी नागरिकता सम्बन्धी भ्रम, अन्यौल र विवाद  सदाका लागि अन्त्य गर्नु हामी सबैको कर्तव्य हो । प्रधानमन्त्रीज्यूलाई मेरो यही आग्रह छ । 

मैले यो स्मरण गराउनै पर्दछ कि, लोकतन्त्रलाई कमजोर पारेर, प्रेस स्वतन्त्रता माथि अतिक्रमण गरेर, संसदलाई भूमिकाहिन बनाएर, प्रदेश र स्थानीय तहका सरकारको संविधान प्रदत्त अधिकारलाई संकुचित गरेर समृद्धि सम्भव छैन । हुकुमी शासन र तानाशाही व्यवस्थामा विकास सम्भव छैन, विगतको हाम्रो अनुभव यही हो । श्री ३ र श्री ५ ले विगतमा आफुमा सबै अधिकार केन्द्रीत गर्दा विकासको यात्रामा हाम्रो मुलुक झनझन पछि प¥यो । प्रधानमन्त्रीमा अधिकार केन्द्रीत गर्न राष्ट्रिय अनुसन्धान विभाग, राजश्व अनुसन्धान, सम्पत्ति सुद्धिकरण लगायतका कार्यालय प्रधानमन्त्री कार्यालयमा ल्याउने कार्य संघीयताको मर्म र भावना विपरित छ ।

राष्ट्रिय सुरक्षा परिषदलाई निर्णय प्रक्रियाबाट अलग पारेर सेना परिचालनको अधिकार सम्पूर्ण रुपमा प्रधानमन्त्रीमा केन्द्रीत गरेर, सबै खाले महत्वपूर्ण विकास निर्माणका कार्य स्थापित सरकारी निकायबाट खोसेर प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समितिको मातहतमा ल्याएर, अधिकार त हातमा आयो भन्ने लाग्ला । तर परिणाममा यो प्रत्युत्पादक हुनेछ । संवैधानिक मूल्य र मान्यता विपरित संवैधानिक परिषदको निर्णय एकलौटी रुपमा गर्दा शक्तिशाली भए भन्ने लाग्ला । तर, सबै तहका राज्य संरचनाको अधिकार आफूमा केन्द्रीत गरेर चाडै विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।

विकासको नाममा धैर्य त्याग्नेले मुलुकलाई तीस वर्षे तानाशाही पञ्चायती शासन खेप्न बाध्य तुल्याए । फलत प्रजातन्त्र त खोसियो खोसियो विकासको दृष्टिले हामी दशकौं पछाडी धकेलियौं । आज पनि मुलुकलाई थप हिंसा होइन शान्ति र सहमतिको आवश्यकता छ । सबै खाले समस्याको हल वार्ता, सहमति, सहकार्य र एकताबाट मात्र सम्भव छ ।

यीनै अनुभवको सापेक्षतामा हामीले धैर्य र उदात्त भावबाट सशस्त्र द्वन्द्वको शान्तिपूर्ण अवतरण गरायौं । नेपाली जनताको चाहना अनुरुप संघीय, लोकतान्त्रिक गणतन्त्र र समावेशी राजनीतिलाई नेपालको संविधानमा संस्थागत गर्‍यौं । न्याय, समृद्धि र विकासका लागि लोकतान्त्रिक व्यवस्थाको विकल्प छैन । हाम्रो संविधानले यही मान्यतालाई संस्थागत गरेको छ ।

सरकार बनेको चौध महिनामा पनि देखाउन लायक र जनतालाई आशा जगाउने एउटा पनि काम सरकारले अहिले सम्म सम्पन्न गर्न सकेको छैन ।  आज मुलुकभरि निराशा व्याप्त छ । यस्तो निराशा हामी सबैका लागि घातक हुन सक्छ । सबैभन्दा गहिरो रुपमा यो कुरालाई प्रधानमन्त्रीले आत्मसात गर्नु पर्दछ ।

प्रधानमन्त्री संविधानप्रतिको तपाईको प्रतिबद्धता विगतको इतिहास देखाएर होइन, वर्तमानको कामबाट प्रमाणित गर्नुस् । मेरो तपाईलाई यही शुभकामना छ । संघीय, लोकतान्त्रिक, गणतन्त्र, समावेशी राजनीतिलाई अझ पुष्ट बनाऔं, यसैबाट मात्रै समृद्धि सम्भव छ । संविधान संरक्षित हुनेछ । यो पुनित कार्यमा लाग्नुस् । देश र जनताको चाहना यही हो । यसका लागि तपाईलाई हाम्रो पूर्ण सहयोग प्राप्त हुनेछ । प्रमुख प्रतिपक्षको रुपमा हाम्रो खबरदारी पनि यही हो । 

प्रकाशित मिति: सोमबार, वैशाख १६, २०७६  १६:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्