काठमाडौं- भक्तपुरमा १३ वर्षीया २ जना बालिका बलात्कृत भएका छन्। बलात्कारको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुर नगरपालिका-१० मूलढोकाका २६ वर्षीय सुनील शिल्पकार र भक्तपुर कमल विनायक बस्ने काभ्रे रोसी गाउँपालिका–७ का १९ वर्षीय विशाल तामाङ छन्।
भक्तपुर नगरपालिका-१ इपाखे डेरा गरी बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका-९ बुङदेल घर भएका १३ वर्षीया २ जना बालिकालाई उनीहरुले भक्तपुर मूलढोकास्थित फेमिली गेष्ट हाउसमा लगेर शुक्रबार राति बलात्कार गरेका थिए।
बलात्कारमा संलग्न उनीहरुलाई प्रहरीले शनिबार पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।