काठमाडौं– नेपाली फिल्म क्षेत्रका चर्चित नृत्य निर्देशक गम्भीर विष्ट र अभिनेत्री निश्मा घिमिरे आज लगनगाँठो कस्ने भएक छन्। लामो समयदेखिको प्रेम सम्बन्धलाई बिहीवार विवाहमा परिणत गर्न लागेका हुन्।
उनीहरुले केही म्युजिक भिडियोमा सँगै अभिनय गरेका छन् । निस्माले ‘रिदम’, ‘जन्मभूमि’, लभ यू बाबा’जस्ता फिल्ममा पनि अभिनय गरेकी छिन् । गम्भीरले धेरै फिल्म र म्युजिक भिडियाको कोरियोग्राफी गरेका छन्।
नृत्य प्रशिक्षण केन्द्रमा नृत्य सिक्न आउने क्रममा गम्भीर र निस्माको भेट भएको थियो । गम्भीरकी नृत्य शिष्य निश्मासँग सोही क्रममा प्रेम बसेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।