काठमाडौ- तीन वर्षभित्र प्रदर्शनमा आएका फिल्ममध्येबाट सात विधामा उत्कृष्ट हुने चलचित्र, कलाकार, प्राविधिक र निर्देशकलाई क्रिटिक्स अवार्ड दिइएको छ।
बुधबार राजधानीमा आयोजित कार्यक्रममा २०७१, २०७२ र २०७३ सालको क्रिटिक्स अवार्ड एकसाथ वितरण गरिएको हो। विजयी कलाकारलाई फिल्म निर्देशक यादव खरेल, चलचित्र विकास बोर्डका सदस्य उत्तम केसी र नायिका भुवन चन्दले अवार्ड प्रदान गरे।
कार्यक्रममा नेपाली चलचित्र समीक्षक समाजका अध्यक्ष यज्ञशले प्राविधिक कारणवश समयमा नै अवार्ड वितरण गर्न नसकिएको बताए।
कसले के पाए?
२०७३ का लागि
सर्वोत्कृष्ट फिल्म : कालोपोथी
निर्देशक : दीपक रौनियार (सेतो सूर्य)
पटकथा : मीन भाम र अविनाश विक्रम शाह (कालोपोथी)
अभिनेता : विपीन कार्की (जात्रा) माओत्से गुरुङ (पुरानो डुङ्गा)
अभिनेत्री : केकी अधिकारी (लभ सासा)
सम्पादन : डेभिड बार्कर (सेतो सूर्य)
छायांकन : अजिज जम्बाकिन (कालोपोथी)
२०७२ का लागि
सर्वोत्कृष्ट फिल्म : पशुपति प्रसाद
निर्देशक : दीपेन्द्र खनाल (पशुपतिप्रसाद)
पटकथा : खगेन्द्र लामिछाने (पशुपतिप्रसाद)
अभिनेता : सौगात मल्ल (फन्को)
अभिनेत्री : रिस्मा गुरुङ (कबड्डी कबड्डी)
छायांकन : शैलेन्द्र डी कार्की (कबड्डी कबड्डी)
२०७१ का लागि
सर्वोत्कृष्ट फिल्म : कबड्डी
निर्देशक : निश्चल बस्नेत (टलकजंग भर्सेज टुल्के)
पटकथा : रामबाबु गुरुङ र उपेन्द्र सुब्बा (कबड्डी)
अभिनेता : दयाहाङ राई (कबड्डी)
अभिनेत्री : प्रियंका कार्की (सुन्तली)
छायांकन : अन्ड्रा बेलिका (सुन्तली)
सम्पादन : बनिस शाह र मिलन श्रेष्ठ (तान्डव)
पार्श्व संगीत : जेसन कुँवर (टलकजंग भर्सेज टुल्के)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।