अहमदाबाद (एजेन्सी)– संजय लिला भन्सालीको फिल्म पद्मावतीको रिलिजलाई लिएर सस्पेन्स फेरि बढेको छ। भारतको थुप्रै राज्यले यसको कथालाई लिएर विरोध भएपछि सिनेमा हलमा नलगाउने निर्णय गरिसकेका छन्।
यो राज्यमा गुजरात पनि थपिएको छ। भारतीय जनता पार्टी (बिजेपी) शासित राज्य राजस्थान र मध्य प्रदेशपछि गुजरातले पनि फिल्म सार्वजनिक गर्न अस्विकार गरेको छ।
गुजरातमा निर्वाचन मुखमा छ। त्यसैले राज्य सरकार विवादास्पद बन्दै गरेको यो फिल्म रिलिज गरेर राजनीतिक माहोला बिगार्न चाहदैन्।
गुजरातका मुख्यमन्त्री विजय रुपाणीले बुधबार भने, ‘गुजरात सरकार राजपुत जातिको आत्मसम्मानमा ठेस पुगाउने फिल्म पदमावतीलाई आफ्नो राज्यमा रिलिज गर्न प्रतिबन्ध लगाउँछ।’
पद्मावती १ सय ९० करोड भारतीय रुपैयाँमा निमार्ण भएको फिल्म हो। फिल्मको कथालाई लिएर करणी सेनाले राष्ट्रव्यापी विरोध जारी राखेको छ। करणी सेनाका अनुसार पद्मिनी १३ सताब्दीकी राजपुत रानी थिइन, जो निकै साहसी मानिन्थिन्। करणी सेनाको आरोप छ, फिल्ममा इतिहासलाई बंगाएर पद्मिनी र दिल्लीका सुल्तान अलाउद्दीन खिलजीबीच अनावश्यक रोमान्सको दृष्य समेटिएको छ।
इतिहासकारहरु राजाको निधनपछि खिलजीको चंगुलमा पर्नुअघि नै रानी पद्मावतीले आत्मदाह गरेको बताउँछन्। उनको रुप देखेर खिलजी मोहित भएका थिए। मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले केही दिनअघि आफ्नो राज्यमा फिल्मको रिलिजमा रोक लगाएका थिए। यसअघि राजस्थानकी मुख्यमन्त्री बसुन्धरा राजेले पनि इतिहास बंगाइएको तथ्यलाई संसोधन नगर्दासम्म फिल्म रिलिजमा रोक लगाएकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।