• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

कन्हैया कुमारको चुनावी अभियानमा भारतभरबाट बेगुसराय आएका युवतीहरु के भन्छन् ? 

64x64
नेपाल लाइभ आइतबार, वैशाख १५, २०७६  १५:१४
1140x725

बेगुसराय– दिल्लीकी २४ वर्षीया स्वाती अप्रिल ७ देखि बेगुसरायमा छिन्। उनी पहिलोपल्ट यहाँ आइपुगेकी हुन् र हरेक दिन बिहान आठ बजेबाट यहाँका गाउँमा चुनाव प्रचारका लागि खटिइरहेकी छिन्।

उनी बेगुसरायमा आउन लागेका बेला उनका आमाबुवाले बिहारको छवीलाई लिएर डर देखाएका थिए। तर, उनलाई यसले त्यति धेरै फरक परेन। स्वाती भन्छिन्, ‘मेरा आमाबुवा दक्षिणपन्थी विचारसँग निकट छन्। तर, कांग्रेस विरोधी भएकाले मोदीलाई समर्थन गर्छन्।’

बिहारलाई लिएर स्वातीले आफ्ना आमाबुवाले दिएकाे चेतावनी सुनेको नसुन्यै गरिदिइन् र आमाबुवाको भन्दा फरक बाटाे अँगालेर बेगुसराय पुगिन्। स्वाति भन्छिन्, ‘मलाई बेगुसराय राम्रो लागिरहेको छ। यहाँ बिजेपी र लेफ्टिस्ट बीच सीधा लडाइँ छ। देशभरबाट विद्यार्थी आएका छन्। सबैको मनमा एक खालको आशा छ। यही आशाको सहारामा हामी यति दिनदेखि यहाँ छौं।’

स्वातीका अनुसार चुनावको प्रचारका क्रममा एक गाउँमा केही व्यक्तिले उनको जात सोधे। उनी भन्छिन्, ‘एक महिलाले मेरो जातका बारेमा आफ्नो भाषामा सोधेकी थिइन्। यहाँको चुनावमा जितहारका लागि जातिको भूमिका महत्वपूर्ण देखिन्छ।’

केरलाकी अपर्णा अप्रिल ९ देखि बेगुसरायमा छिन्। अपर्णाको मनमा पनि बिहारको छबी राम्रो थिएन। उनी भन्छिन्, ‘यहाँ आएपछि बिहारका विषयमा मेरो मनमा रहेको धारणा परिवर्तन भएको छ।’

अपर्णाका अनुसार यहाँका मान्छे राजनीतिक रुपमा निकै जागरुक छन्। यहाँ मान्छेलाई कुन उम्मेदवार कस्तो छ भन्ने पनि थाहा छ। उनी भन्छिन्, ‘यहाँसम्म कि अनपढ महिलालाई पनि यो कुरा थाहा छ। यहाँ जे म बोल्छु, त्यो सुनिदिन्छन् र सवाल पनि गर्छन्। कतिपय अवस्थामा असहमति पनि प्रकट गर्छन्।’

अपर्णा केरालाबाट बेगुसरया किन आइन्? जवाफमा उनी भन्छिन्, ‘यो सरकारमा विपक्ष कमजाेर देखिएकाे छ। कन्हैयाले विपक्षीको खाली ठाउँ भरेका छन्। यो धेरै महत्वपूर्ण कुरा हो। विश्वास गर्नुहोस्, बेगुसराय इतिहास रच्न गइरहेको छ।’

Ncell 2
Ncell 2
nimb
nimb

अपर्णा यो कुरालाई मान्छिन् कि भारतको चुनावी राजनीतिमा गरिएका प्रतिबद्धतामा कसैलाई भरोसा हुँदैन। उनका अनुसार बिहारमा मान्छेहरु खुसी देखिन्छन् र रिसाइरहेका छैनन्। उनी भन्छिन्, ‘आफ्नो राज्य केरालासँग बिहारको तुलना गर्दा लाग्छ कि यहाँ फोहर धेरै छ। तर, यस्तो लाग्दैन कि मान्छेहरुलाई फोहर राम्रो लाग्छ। भयाबह गरिबीका कारण उनीहरु फोहरमा रहन बाध्य छन्।’

दीपा कलेजमा पढाउँछिन र दिल्लीकी हुन्। दीपा पनि बेगुसरायमा दुई हप्तादेखि छिन्। उनी पनि कुनै ठेट राजनीतिक प्रचारक होइनन्। तर, यसपल्टको चुनाव उनका लागि फरक छ।

उनी बेगुसरयामा महिलामाझ धेरै समय बिताइरहेकी छन्। दीपा भन्छिन्, ‘हामीले जातीय ‘गोलबन्दी’लाई ब्रेक गरिसकेका छौं। हामी महिलालाई सोधिरहेका छौं, शौचालय कहाँ छ? ग्याँस सिलिन्डर कहाँ छ? अस्पताल कहाँ छ? हामी स्कुल, कलेज, अस्पताल र रोजगारीका बारेमा सोध्छौं। यी समस्याबाट कुनै एक जाति पीडित छैन। कन्हैयासँग आशा छ। त्यसैले कलेजबाट छुट्टी लिएर आएकी छु। परिवर्तनको सुरुवात कहीँ न कहीँबाट त हुनुपर्छ। मलाई लाग्छ, बेगुसरायबाट हुन्छ। त्यसैले यहाँ आएकी हुँ।’

दीपाका अनुसार उनी घुम्दा जे महसुस गरिरहेकी छिन्, त्यही बताइरहेकी छिन्। उनले भनिन्, ‘चुनावी नतिजा नै बताउला हाम्रो कोशिस कति सफल हुन्छ। म यहाँका मुखियासँग भेट्छु त उनीहरु यस्तो चुनाव बेगुसरायमा कहिल्यै नभएको बताउँछन्। किनकि यसअघि चुनाव जातीय एकताका वरिपरि हुन्थे।’

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

राजस्थानकी आकांक्षा पछिल्लो एक महिनादेखि बेगुसरायमा छिन्। आकांक्षा यसभन्दा पहिला यहाँ बिहारका आफ्ना साथीको विवाहमा आएकी थिइन्। ‘आज जोकसैलाई देशद्रोहीको टीका लगाइदिइ राखिएको छ। अचानक तपाईंको घरको बच्चालाई कसैले आतंकवादी भन्न थाल्यो भने कस्तो लाग्ला?’, आकांक्षा प्रश्न गर्छिन्।

यहाँ कोही पनि ‘इलेक्सन टुरिजमका’ लागि नआएको बताउँछिन्। भन्छिन्, ‘भारतका युवाहरु धेरै कुरामा परिवर्तन ल्याउन चाहन्छन्। उनीहरुले त्यसका लागि ठाउँ पाइरहेका छैनन्। बेगुसरायमा त्यही अभिव्यक्त भइरहेको छ।’ 

आकांक्षालाई सोधियो– एक महिनादेखि बेगुसरायमा हुनुहुन्छ। तपाईंका परिवार रिसाएका छैनन् त?

उनको उत्तर थियो, ‘उनीहरुलाई थाहा छ कि म के गरिरहेकी छु। र, म जे गर्छु, त्यसको फैसला परिवारले लिँदैन। परिवारका सदस्य सधैं सही नहुन सक्छन्।’

राजस्थानकै २९ वर्षीया सोनम मार्च २९ देखि बेगुसरायमा छिन् । उनी भन्छिन्, ‘मलाई बिहार निकै मन परिरहेको छ। म चाहन्छु कि गैह्र-बिहारीहरु यहाँ आाएर यहाँका मान्छे कति परिश्रमी छन् भन्ने थाहा पाउनुपर्छ।’

सोनमका अनुसार गाउँका मान्छेहरु उनीहरुका कुरासँग सहमत छन् र आफ्ना दुःख उनीहरुसँग बाँडिरहेका छन्। मोदी विरोधी कुनै माहोल नदेखेकाे बताउने साेनमले विपक्षीको खालीपन भने देखेकी छिन्। त्यही विपक्षीको खालीपन भर्न कन्हैयाले जित्नुपर्ने उनकाे तर्क छ। प्रधानमन्त्रीको कुर्सीका लागि कन्हैया चुनाव नलडेको उनकाे मत छ।

सबै युवतीहरु शनिबार राति फिर्ता भए। फिर्ता हुनुअघि सोनमलाई सोधियो– बिहारको कुन कुराले सधैं याद दिलाइरहनेछ?

उनको उत्तर थियो, ‘बिहारका ती मान्छे, जो हड्डी खिइनेगरी परिश्रम गर्छन्। तर, धेरै केही प्राप्त गरिरहेका छैनन्। तरपनि आशाको सुरुवात यहीँबाट गर्छन्।’

(बिबिसी हिन्दीका लागि रजनीश कुमारले गरेको रिपोर्टिङको नेपाली अनुवाद )

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्