काठमाडौं– लामो रस्साकस्सीपछि अन्तत: राष्ट्रिय प्रजातन्त्र पार्टीकी सरस्वती लामा उपसभामुख बन्ने भएकी छन् ।
लामालाई उपसभामुख बनाउने प्रस्ताव भने रास्वपाले नै राप्रपालाई गरेको बुझिएको छ ।
सुरुमा राप्रपाबाट उपसभामुखका लागि खुश्बु ओलीको नाम चर्चामा थियो । तर रास्वपा नेतृत्वले नै सरस्वतीको नाम लिएपछि राप्रपाले उनैलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सुविधाजनक बहुमत भएका कारण रास्वपाको समर्थन पाउँदा राप्रपाकी लामा उपसभामुख बन्ने निश्चित छ ।
अर्कोतर्फ श्रम संस्कृतिले पनि उपसभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।