नयाँ दिल्ली (एजेन्सी)- ऋतिकको रोशनको सफल सुपरहिरो फ्रान्चाइज 'कृष' फिल्मको चौथो शृंखला बन्ने खबर सार्वजनिक भएको धेरै भइसकेको छ।
फिल्म घोषणासँगै सो फिल्ममा खलनायक को हुनेछ भनेर चर्चा चल्न सुरू भएको थियो। एक बलिउड फिल्म साइटका अनुसार फिल्ममा नवाजुद्दीन सिद्दीकीलाई खलनायकको भूमिकामा प्रस्ताव गरिएको छ।
फिल्मका लागि ऋतिकलाई टक्कर दिन लायकको कलाकार कास्ट गर्ने योजना अनुसार नवाजको नाम सो फिल्मका लगि आएको बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।