नयाँ दिल्ली (एजेन्सी)- बलिउडमा यस वर्ष १० फिल्मले पछिल्लो समय बलिउडमा मानक मानिँदै आएको सय करोड भारू कमाइको सीमा पार गर्न सफल भए। वर्ष २०१७ बिदाइतिर लम्किँदै गर्दा सर्वाधिक कमाउने ती फिल्मको सूची सार्वजनिक भएको छ।
सूचीको शीर्ष स्थानमा एसएस राजामौलीको 'बाहुबली २' हिन्दी डबले कब्जा जमाएको छ। बलिउड बक्सअफिसमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूची यस्तो छ:
फिल्म कमाइ (करोड, भारु)
बाहुबली ५११.३०
गोलमाल अगेन २०४.०४
जुडवा २ १३८
रईश १३७.५१
ट्वाइलेट: एक प्रेमकथा १३४.२५
काबिल १२६.८५
ट्यूबलाइट १२१.२५
जोली एलएलबी २ ११७
बद्रीनाथकी दुल्हनिया ११६
बादशाहो ७८.०२
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।