काठमाडौं– जुवातास खेल्ने ७ जना काठमाडौंकाे मुलपानीबाट पक्राउ परेका छन्। शनिबार दिउँसो साढे ११ बजे कागेश्वरी मनाहेरा नगरपालिका–६ तिवारीटोलबाट जुवातास खेल्ने ७ जनालाई महानगरीय प्रहरी वृत बौद्धले नियन्त्रणमा लिएको हो।
प्रेम तिवारीको घरमा डेरा गरी बस्ने सिन्धुपाल्चोक मेलम्ची–८ का ५४ वर्षीय रेन्जेन दोङसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट ३ बुक तास र १ लाख १६ हजार ८ सय १५ रुपैयाँ बरामद भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।