• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

विश्वसामू बिआरआईकाे प्रभाव र चुनाैती कति?

विकासमा खुलापनकाे अवधारणालाई स्थापित गर्ने चीनकाे लक्ष्य
64x64
नेपाल लाइभ आइतबार, वैशाख १५, २०७६  १०:५०
1140x725

–दिलीपप्रसाद शर्मा/रासस

काठमाडौं- चीनको राजधानी बेइजिङस्थित चिनियाँ राष्ट्रिय सम्मेलन केन्द्रमा गत बिहीबारबाट सुरू भएको ‘बेल्ट एन्ड रोड इनिसिएटिभ(बिआरआई)’ को दोस्रो अन्तर्राष्ट्रिय सहकार्य सम्मेलनमा शुक्रबार बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गरेपछि औपचारिक रुपमा सुरु भएको हो।

चीन र यहाँका उच्च अधिकारीको विचारमा बिआरआई सबै समस्या समाधानको साँचो नै विकास हो भन्ने विचारलाई मूल मन्त्र मानेको छ।

रेशमी मार्ग इसापूर्व १३० हान वंशको शासन कालमा सुरु भएको थियो। जसले चीनलाई सिआनबाट रोमन साम्राज्यसँग जोडेको थियो। रेशमी मार्गको बहुवाणिज्य रुटले चीन, भारत, अरब, ग्रिस, रोम र समुद्र छुने अन्य मुलुकसँग जोडेको थियो। अहिले त्यही सञ्जाल ब्युँझाएर चीनले ती मुलुकले प्रशस्त आर्थिक लाभ लिउन् भन्ने चाहेको बताउँदै आएको छ। ‘बेल्ट एन्ड रोड’ भित्र प्रत्यक्ष रूपमा एसिया, युरोप र अफ्रिका समावेस छन्। रेशमी मार्ग आर्थिक क्षेत्र र एक्काईसौँ शताब्दीको सामुद्रिक रेशमी मार्गलाई नै परिमार्जित भाषामा ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ अर्थात् बिआरआई भनिएको हो।

सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति सीले बेल्ट एन्ड रोडको निर्माणबाट विश्व अर्थतन्त्रको नयाँ ढोका खोलिने बताए। यस परियोजनाले विश्वमा व्यापार र लगानीको विस्तार गर्ने वातावरण तयार गर्नुका साथै सहभागी देशका जनताको जीवनस्तर उकास्न मद्दत पुग्ने पनि राष्ट्राध्यक्ष सीले व्यक्त गरे। साझा याेजनालाई उच्च गुणस्तरको विकासबाट अगाडि बढाउने, साझा परामर्श, साझा निर्माण र साझा आदानप्रदानको सिद्धान्त बमोजिम खुला, हरित र स्वच्छ धारणालाई कायम राख्दै दिगो विकासको लक्ष्यलाई साकार तुल्याउन प्रयास गर्नुपर्नेमा उनकाे जाेड थियाे।

इसापूर्व १३० ताका हान वंशको शासन कालमा सुरु भएको रेशमी मार्गलाई विश्वकै ऐतिहासिक मार्ग भएको भन्दै चीनले यसलाई पुनः ब्युँताउँने सोच राखेको हो। बिआरआई चीनको खुला बजार नीतिको प्रभाव विश्वका सबै क्षेत्रमा फैलाउने र चीनबारे रहेका गलत बुझाईलाई स्पष्ट पार्ने अवसरको उचित तथा सहज योजनाका रूपमा आएको देखिन्छ। अर्को शब्दमा भन्दा आधुनिक युगमा व्यापार तथा पूर्वाधार सञ्जालमार्फत एसियालाई युरोप र अफ्रिकासँग जोड्ने चीनको पारदर्शी आर्थिक कार्यक्रम ‘बिआरआई’ हो।

Ncell 2
Ncell 2
nimb
nimb

बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्दै चीनका राष्ट्राध्यक्ष सी चिन फिङले बेल्ट एन्ड रोडको संयुक्त निर्माण गरी विश्वका विभिन्न मुलुकलाई नयाँ विकासको अवसर प्रदान गर्ने कुरामा जोड दिए। उनले चीनको खुला विकासलाई पनि नयाँ चौतारो खोलेको बताए। विभिन्न पक्षले संयुक्त समन्वय, संयुक्त निर्माण र संयुक्त उपभोगको नीतिलाई अपनाएर खुला, हरित, कर्तव्यनिष्ठ विकासको विचारधाराको पालना गरी बेल्ट एण्ड रोडको निर्माणलाई उच्च स्तरीय गुणस्तर विकसित दिशातिर सार्ने सीकाे याेजना छ। उनले चीनले शङ्खलावद्ध महत्वपूर्ण सुधार र खुलापन नीतिलाई लागू गर्दै उच्च स्तरीय विदेशी खुलापनलाई अघि बढाउने घोषणा गरे।

उनले भने, 'भविष्यमा चीनले आधुनिक सेवा उद्योग, कृषि र उत्पादन उद्योगमा खुलापन बढाउँदै बढी क्षेत्रमा वैदेशिक लगानी प्रवेशका लागि अनुमति दिइनेछ।' यस योजनाअन्तर्गत चीनले केही नयाँ स्वतन्त्र व्यापारिक क्षेत्र र स्वतन्त्र व्यापारिक बन्दरगाह निर्माण गर्ने पनि उक्त अवसरमा सीले जानकारी दिए।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेससमेतले सम्बोधन गरेको उद्घाटन समारोहमा चीनद्वारा अघि सारिएको उक्त विआरआई योजनाको सफलताका लागि विचार व्यक्त गरेका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

उनीहरुले चिनियाँ राष्ट्रपति सीले घोषणा गरेका सुधार र खुलापन नीतिमाथि उच्च मूल्याङ्कन गर्नुका साथै विश्व समक्ष संरक्षणवादको समस्या रहेको र चीनले स्वतन्त्ररूपमा सबैलाई समेट्ने गरी सुधारलाई गहिरो पारेको तथा खुलापनलाई अझ विस्तृत पारेर विभिन्न मुलुकको विकासमा अझ ठूलो अवसर प्रदान गरेको बताए।

सम्मेलनको दोस्रो सत्र उच्चस्तरीय वार्तामा नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीले सम्बोधन गरिन्। उनले सगरमाथाको देश नेपालको सरकार तथा जनताका तर्फबाट न्यानो अभिवादन तथा शुभेच्छा ल्याएको भन्दै महत्वपूर्ण कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गरेकामा चिनियाँ राष्ट्राध्यक्षलाई धन्यवाद दिइन्।

जनगणतन्त्र चीन स्थापनाको ७०औं वार्षिकोत्सवको अवसरमा चीन सरकार र चिनियाँ जनतालाई बधाइ दिँदै राष्ट्रपति भण्डारीले भनिन्, 'बेल्ट एण्ड रोड इनिसिएटिभमार्फत मानव जातिको साझा भविष्य निर्माण गर्ने राष्ट्राध्यक्ष सीको दूरदृष्टिले विशाल सम्भावना बोकेको र बिआरआईले दिगो विकासका लक्ष्यहरू कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने सम्भावना बोकेको छ।'

संयुक्त राष्ट्रसंघ, बीस मुलुक समूह, एपेक र अन्य संघसंस्थाका दस्तावेजहरूमा भित्री अवधारणाका रूपमा बिआरआई प्रवेश गरिसकेको छ। बिआरआईले आफ्नो मार्गदर्शनमा विशेषगरी सम्बन्धित मुलुकको सार्वभौमिकता तथा सुरक्षा चासोको सम्मान गर्ने कुरालाई प्राथमिकतामा राखेको छ। रेल, सडक, सामुद्रिक तथा हवाई मार्ग, पाइपलाइन, सूचना सञ्जालजस्ता जटिल पूर्वाधार सञ्जाललगायत सबै क्षेत्र र बहुतहमा यसले काम गर्ने चीनको भनाइ रहँदै आएको छ।

चिनियाँ राष्ट्रपति सी चिन फिङले बिआरआईले अन्तर्राष्ट्रिय आर्थिक साझेदारी करिडाेरको अवधारणालाई बृहत परियोजनाका रूपमा अगाडि सारेको बताउँदै आएका छन्। नयाँ एसिया–युरोप कन्टिनेन्टल पुल, चीन–मंगोलिया–रुस, चीन–केन्द्रीय एसिया–पश्चिम एसिया, चीन–इन्डोचाइना प्रायद्वीप, चीन–पाकिस्तान र बंगलादेश–चीन–म्यानमार गरी ६ ठूला अन्तर्राष्ट्रिय करिडाेर रहने छन्। यी करिडाेरले एसियाली अर्थतन्त्रको सञ्जाललाई युरोपियन अर्थतन्त्रको सञ्जालसँग जोड्नेछन् र बहुराष्ट्रिय साझेदारी सशक्त बनाउनेछन्। बिआरआईमा भारत औपचारिक रूपमा प्रवेश गरेपछि चीन–नेपाल–भारत आर्थिक करिडाेर निर्माण हुने चीनले पहिले नै बताइसकेको छ।

खासगरी बेल्ट अन्तर्गत चीन हुँदै दक्षिण तथा मध्य एसिया र युरोपसम्म सडक तथा रेल कनेक्टिभिटी वा सञ्जालमा जोड दिइएको छ भने रोडअन्तर्गत सामुद्रिक मार्ग तथा बन्दरगाहहरूमार्फत् दक्षिणपूर्वी एसिया, खाडी क्षेत्र, उत्तर अफ्रिका तथा युरोपसम्म जोड्ने सञ्जालको कुरा गरिएको छ। तर, त्यो केवल त्यतिमा मात्र सीमित नभई ऊर्जा, सञ्चार एवम् व्यापार सहजीकरणजस्ता विषय पनि केन्द्रित गर्ने चीनको पहल छ।

बेइजिङमा बिआरआईको दोस्रो फोरममा सहभागी नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसमा नेपालको चासो प्रकट गर्दै बिआरआईले दिगो विकासका लक्ष्य कार्यान्वयन गर्न सघाउने शुक्रबार बताइन्। उनले भनिन्, 'नेपालजस्तो भूपरिवेष्ठित मुलुकका लागि सामाजिक, आर्थिक विकासका लागि कनेक्टिभिटी अति महत्त्वपूर्ण छ। नेपाल-चीन सीमापार रेल-वे समेटिएको हिमालयपार बहुआयामिक कनेक्टिभिटी सञ्जालको विकासले नेपाल र चीनमात्र नभई यस क्षेत्रका अन्य देशबीच पनि सम्पर्क बढाउनेछ।'

हाल बीआरआईअन्तर्गत नेपालले रेल, सडक, ऊर्जा गरी ८/१० वटा परियोजनामा चिनियाँ लगानी भित्राउन खोजिरहेको भनिए पनि आधिकारिक रूपमा तिनीहरूको पहिचान भइसकेको छैन।

विकासलाई प्राथमिकतामा राख्दै सबै राष्ट्रको विकास सम्भावना उजागर गर्ने, आर्थिक पूर्णता प्राप्त गर्ने, विकासलाई आपसमा जोड्ने र नतिजा साझेदारी गर्ने लक्ष्य बिआरआईले लिएको छ। विगत दुई वर्षको अवधिमा नेपालले बिआरआईकै लागि भनेर ठोस परियोजना उल्लेख्य रूपमा अगाडि बढाउन सकेको देखिँदैन। बूढीगण्डकी परियोजनालाई चीनले बिआरआईभित्र राखेको छ। सो परियोजना पनि मुआब्जा र आन्तरिक कानुनी अड्चनमा अल्झिरहेको छ।

यसबीच नेपालले स्पष्ट रूपमा बिआरआईसामू केही परियोजना पेस गरेको भए अहिलेसम्म निकै उपलब्धि प्राप्त गरिसकेको हुनसक्ने विश्लेषकहरू बताउँछन्।

विश्वमा आयोजना गरिने अन्य सम्मेलनभन्दा बिआरआई अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्च केही पृथक मानिनु यसले अन्य देशको लगानी आफूतर्फ आकर्षित गर्ने नभई विश्व विकासका लागि अन्य मुलुकमा बिआरआईमार्फत गरिने लगानी हो। यस अभियानबाट विश्वमा एकछत्र प्रभाव पारिरहेको अमेरिकालाई चीनले चुनौती थपेको छ।

सन् २०१३ देखि नै चर्चा चल्दै आएको भए पनि नेपालले आधिकारिक रूपमा बिआरआईलाई अँगालेको चाहिँ सन् २०१७ को मे १२ मा मात्र हो। भारत, इयूका अधिकांश मुलुक यस योजनाप्रति सकारात्मक देखिएका छैनन्।

प्रकाशित मिति: आइतबार, वैशाख १५, २०७६  १०:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप पोल्यान्डमा आयोजित वार्सा सुरक्षा मञ्चलाई सोमबार सम्बोधन गर्दै जेलेन्स्कीले युक्रेन रुसको ऊर्जा पूर्वाधारमा आक्रमण रोक्न तयार रहे पन... मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्