राजविराज- डाका मुद्दाका एक जना फरार अभियुक्तलाई प्रहरीले सिरहाको मिर्चैयाबाट लागू औषधसहित पक्राउ गरेको छ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय सिराहाको संयुक्त टोलीले मिर्चैया नगरपालिका १० का २२ वर्षीय रवीन्द्र यादवलाई पक्राउ गरेको हो।
उनी सिराहा नगरपालिका १७ स्थित माडरबाट पक्राउ परेका हुन्।

विभिन्न स्थानमा भएको ३६ लाख ९९ हजार डकैती र लुटपाट घटनाका फरार प्रतिवादी यादवले सिराहाका विभिन्न व्यक्तिहरुलाई पटक–पटक फोन गरी ज्यान मार्ने धम्की दिने गरेको समेत खुल्न आएको प्रहरीले जनाएको छ।
पक्राउ परेका यादवको साथबाट प्रहरीले नाईट्राभेट ट्याब्लेट २४५, नाइट्राजेपाम टयाब्लेट ८० थान लगायतका अन्य विभिन्न प्रकारका लागू औषध समेत बरामद गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।