काठमाडौं- २०७२ बैसाख १२ गतेको विनाशकारी भूकम्पको सेरोफेरोमा बनेको फिल्म 'माई लभ'को ट्रेलर रिलिज गरिएको छ। फिल्म मंसिर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।
जापानी निर्देशक डा. तोसिआकी इतोह निर्देशित फिल्ममा गणेश लामा, शितल श्रेष्ठ, जापानी अभिनेत्री रिवन मित्सुतानीको मुख्य भूमिका रहेको छ। यस्तै चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजू, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोले पनि फिल्ममा अभिनय गरेका छन्।
सार्वजनिक ट्रेलरमा धरहरा ढल्दै गरेको दृश्यलाई एनिमेसनबाट वास्तविक रूपमा झैं देखाउने प्रयास गरिएको छ। फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेका हुन्।
ट्रेलर:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।