सलमान खान तथा क्याटरिना कैफ स्टारर 'टाइगर जिन्दा है'को पहिलो गीत रिलिज भएको छ। गीतमा क्याटरिना गल्यामरस देखिएकी छन् भने सलमान बोल्ड अन्दाजमा देखिएका छन्। फिल्मको 'स्वगसे स्वागत' बोलको गीत रिलिज भएको हो।
गीतमा विशाल-शेखरको संयूक्त संघित रहेको छ भने गीतकार इरशाद कामिल हुन्। फिल्म सन २०१२ मा बनेको सलमानक्याटरिना स्टारर 'टाइगर जिन्दा है'को सिक्वल हो। फिल्मका निर्देशक अलि अब्बास जफर हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।