२०७२ साल वैशाख १२ गते गएको महाविनाशकारी भूकम्पको सेरोफेरोमा घूमेको कथा रहेको फिल्म 'माइ लभ'को ट्रेलर रिलिज गरिएको छ। फिल्म मंसीर २९ गतेदेखि काठमाडौं उपत्यकासहित देशभरका मल्टिप्लेक्सहरुमा रिलिज हुने निर्माण पक्षले जनाइको छ ।
जापानी निर्देशक डा. तोसिआकी इतोह निर्देशित फिल्ममा गणेश लामा, शितल श्रेष्ठ,जापानी अभिनेत्री रिवन मित्सुतानीको मूख्य भूमिका रहेको छ। यस्तै चैत्यदेवी सिंह,चाँदनी लामा, राजु भुजु, मञ्जु श्रेष्ठ र जापानी कलाकारहरु युइची हायाता, शुतारो मत्सुदा, काजुतोशी थासाका, ताक् मियामोतोले पनि फिल्ममा अभिनय गरेका छन्।
सार्वजनिक ट्रेलरमा धरहरा ढल्दै गरेको दृश्यलाई एनिमेसनबाट वास।तविक रूपमा जसरी देखाउने प्रयास गरिएको छ। फिल्म क्रियसन नेपालको ब्यानरमा गणेश लामाले निर्माण गरेको फिल्ममा दिनेश सुनामको संगीत, गौरीशंकर धुजुको छायांकन निर्देशन, नारायण जिसीको छायांकन र तारा थापा किम्भेको सम्पादन रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।