पुस ११ गते रिलिज हुने केकी अधिकारी तथा नाजिर हुसौन अभिनित 'राज्जा रानी'को भैथिली राइट २० लाखमा बिक्री भएको छ। फिल्मलाई मैथिली भाषामा डब गरेर नेपाल भारतका मैथिल बाहुल क्षेत्रमा रिलिज गरिनेछ। फिल्म निर्माण कम्पनी आर्यन फिल्मसले भोर कम्पनी प्रालीसँग आज मंगकबार सो सम्झौता गरेको हो।
आर्यन फिल्मसका प्रमुख रमेश एम के पौडेलका अनुसार तराईको परिवेशमा बनेको फिल्म मैथिली भाषी दर्शकका लागि उपयूक्त भएकाले सो प्रदर्शन सम्झौता गरिएको जानकारी दिएका छन्। केहि समय अघाडी रिलिज भएको फिल्मको टिजर तथा 'चिपक चिपक' गीतलाई दर्शकहरूले मनपराएको दाबी पनि पौडेलले गरेका छन्।
यम थापा निर्देशित यस फिल्ममा नाजिर र कामेश्वरसंगै केकी अधिकारी, लक्ष्मी बर्देवा, संगीता नापित, अरुण रेग्मी, दीपक क्षेत्री, विनोद निरौला, अनोज पाण्डे, अशोक आचार्य लगायतको अभिनय छ।फिल्ममा ताराप्रकाश लिम्बु र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छायांकन, चन्दन दत्तको सम्पादन एवं विक्रम स्वारको नृत्य निर्देशन रहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।