विराटनगर– बोक्सीको आरोप लगाएर २ जना महिलालाई निर्घात कुटपिट गर्ने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
मोरङको सुन्दर हरैचा नगरपालिका–११ का ३२ वर्षीया शशीकला खवास, ६३ वर्षीया टुन्का खवास, ३५ वर्षीय श्यामलाल खवास र ३१ वर्षीय रामकुमार खवासलाई प्रहरीले पक्राउ गरेको हो।
उनीहरूले स्थानीय दुई महिलालाई बोक्सीको आरोपमा कुटपिट गरेका थिए। चारै जनालाई बोक्सीको आरोप, कसुर र सजाय ऐन २०७२ बमोजिम कारबाही गरिने इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ।
पक्राउ परेकालाई जिल्ला अदालत मोरङवाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।