काठमाडौं– नेपाल पहिलोपल्ट सहभागी भएको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस युनिभर्स’मा प्रतिस्पर्धा गरिरहेकी ‘मिस नेपाल युनिभर्स’ नग्मा श्रेष्ठले आफूलाई भोटिङ गर्न सबैसँग आग्रह गरेकी छन्।
नग्मा मिस युनिभर्समा प्रतिस्पर्धाका लागि यतिबेला अमेरिकाको लस भेगासमा तयारी गरिरहेकी छन्। आफूले प्रतिस्पर्धाका लागि निकै मिहिनेत गरिरहेको भन्दै उनले आफूलाई भोटिङ गर्न आग्रह गरेकी छन्।
मिस युनिभर्सका सहभागीलाई नोभेम्बर २० देखि नै भोट दिन खुला गरिएको छ। जिमेल एकाउन्ट लग इन गरी नग्मालाई भोट गर्न सकिन्छ। एक दिनमा एक जनाले १० पटकसम्म भोट दिन पाइन्छ।
सामाजिक सञ्जाल ट्विटरमार्फत पनि भोट दिन सकिन्छ। ट्विटरबाट भोट गर्न #MISSUNIVERSE र #NEPAL दुवै लेखेर ट्विट गर्नुपर्नेछ। साथै, रिट्विटलाई पनि भोटका रुपमा गणना गरिने जनाइएको छ।
नग्माले नोभेम्बर २६ मा हुने फिनालेमा नेपालको संस्कृति झल्कने पहिरनमा आफूलाई प्रस्तुत गर्नेछिन्।
नग्मालाई यो लिंकमार्फत भोट गर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।