एजेन्सी- 'बाहुबली' सिरिजबाट सबैलाई आश्चर्यचकित बनाइदिएका निर्देशक एसएस राजामौलीको आगामी फिल्म के हुनेछ भन्नेमा धेरैलाई चासो छ। अब त्यो कौतुहल मेट्न धेरै समय पर्खुन नपर्ने भएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार राजामौलीले आफ्नो आगामी फिल्ममा बलिउडका दुई सुपरस्टार नायकलाई एकसाथ ल्याउने तयारी गरेका छन्। उनले रामचरण तथा एनटिआर जुनियरलाई साथै ल्याउन लागेका हुन्।
निर्देशक राजामौलीले यी दुवै स्टारहरूसँगको फोटो ट्विट गरेसँगै यस्तो चर्चा चलेको हो। समाचारका अनुसार फिल्म आगामी वर्षको फेब्रुअरीबाट फ्लोरमा जानेछ। फिल्मले सामाजिक ड्रामा पेस गर्ने बताइएको छ।
यो फिल्मपछि राजामौलीले महेश बाबुसँग फिल्म निर्माण गर्ने पनि भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।