एजेन्सी- निर्माणदेखि नै विवादमा परेको सञ्जय लीला भन्साली निर्देशित 'पद्मावती'को पूर्वनिर्धारित रिलिज मिति सरेको छ। निर्माण पक्षले आफ्ने इच्छामा मिति परिवर्तन गरेको हो।
दीपिका पादुकोण, रणवीर सिंह तथा शाहिद कपुरको भूमिका रेहको फिल्म डिसेम्बर १ मा रिलिज हुने घोषणा गरिएको थियो। रिलिजको १० दिन मात्र बाँकी रहँदा पनि फिल्म सेन्सर बोर्डबाट पास भएको छैन। फिल्मलाई लिएर भारतका विभिन्न साम्प्रदायिक समूहहरूले प्रतिबन्धको माग गर्दै आइरहेका छन्।
सेन्सर पास नगरीकनै फिल्म देखाएकोमा निर्माण पक्षसँग भारतीय सेन्सर बोर्ड असन्तुष्ट रहेको बताइन्छ। बोर्ड अध्यक्ष प्रशुन जोशी पनि यसमा असन्तुष्ट रहेको बताइन्छ।
निर्माण पक्षले फिल्मको रिलिज मिति आफ्नै स्वेच्छामा सारिएको जनाएको छ। उनीहरूले नयाँ रिलिज मितिको भने टुंगो लगाएका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।