प्रतीकात्मक तस्बिर
काठमाडौं– रसुवा प्रहरीले ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ।
रसुवाको टिमुरेमा ना ६ ख ९०६८ नम्बरको कन्टेनर चेक गर्दा सुन फेला परेको रसुवाका डिएसपी सन्तोष तामाङले जानकारी दिए।
सुन ल्याउँदै गरेका शेर ग्याल्बोलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ। थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।