प्रतिकात्मक तस्बिर
विराटनगर– १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पाँचथरमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
हिलिहाङ गाउँपालिका–२ राजाबेशीकी बालिकालाई बलात्कार गरेको आरोपमा इलाम देउमाई नगरपालिका–४, मंगलबारेका २३ वर्षीय समीर राईलाई प्रहरीले पक्राउ गरेको हो।
राईले सोमबार बिहान ७ बजे बालिकालाई बलात्कार गरेर फरार भएका थिए।
इलाका प्रहरी कार्यालय अमरपुर र प्रहरी चौकी काबेलीको संयुक्त प्रहरी टोलीले राईलाई खोजतलास गरी पक्राउ गरेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।