विराटनगर– प्रहरी बनेर सर्वसाधारणको घर खानतलासी गर्ने एक व्यक्तिलाई मोरङ प्रहरीले पक्राउ गरेको छ।
विराटनगर महानगरपालिका–८ स्वागतम चोकबाट जहदा गाउँपालिका–६ का २५ वर्षीय सीमान्त करदार (मण्डल)लाई प्रहरीले पक्राउ गरेको हो। अन्य २ जना फरार भएको प्रहरीले जनाएको छ।
सोमबार राति करिब १२ बजे ३७ प ४४७ नम्बरको मोटरसाइकलमा आएका ३ जनाले ‘हामी सादा पोशाकका प्रहरी हौं’ भन्दै स्थानीय सिंगेश्वर यादवको घरमा खानतलासी गरेका थिए।
लगत्तै घर मालिकले प्रहरीमा खबर गरेपछि पुगेको वडा प्रहरी कार्यालय हाटखोलाको टोलीले मण्डललाई पक्राउ गरेको हो।
प्रहरीले मोटरसाईकल समेत बरामद गरेको छ।
संलग्न अन्य २ जना फरार रहेकाले खोजी तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।