नयाँ दिल्ली (एजेन्सी)– पूर्व मिस वल्र्ड डायना हेडन फेरि एक पल्ट आमा बन्न लागेकी छिन्। यसपालि उनी जुम्लिया बच्चालाई जन्म दिँदैछिन्। रोचक कुरा, उनी यसपालि पनि तीन वर्ष पुरानो ‘फ्रिज एग्स’ को सहयोगले आमा बन्दैछिन्।
उनले २०१६ मा एउटा बच्चालाई जन्म दिएकी थिइन्। यतिबेला पनि उनी यही प्रविधिमार्फत आमा बनेकी थिइन्। डायनाले एक प्रतिष्ठित अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छिन्, ‘डाक्टरहरु कुनै देवदूतभन्दा कम छैनन्। म जस्ता थुप्रै आमाहरु स्वभाविक प्रक्रियाबाट बच्चा पाउन असफल छन्, उनीहरुका लागि यो प्रविधि बरदान सावित भएको छ। म जुम्लिया बच्चा जन्मिने खबरले निकै उत्साही छु।’
आफ्नो डिम्बकोषलाई फ्रिजमा राखेर केही वर्षपछि पुनः यसको सहयोगले आमा बन्ने प्रक्रियालाई ‘फ्रिज एग्स’ भनिन्छ। यसमा चिकित्सकको सल्लाहअनुसार डिम्बकोषलाई माइनस १९६ डिग्रीमा १० वर्षसम्म राख्न सकिन्छ। एक रिपोर्टअनुसार यस कार्यका लागि ५० हजारसम्मको खर्च लाग्ने गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।