काठमाडौं– चीनको सान्यामा शनिबार सम्पन्न ‘मिस वर्ल्ड’ स्पर्धामा नेपाली सुन्दरी निकिता चन्दक ‘पिपुल्स च्वाइस’ मा पाँचौं नम्बरमा पर्न सफल भएकी छिन्।
विश्वका १ सय १८ सुन्दरीले भाग लिएको स्पर्धामा उनी मंगोलियाकी इन्खीजिन सेभेन्दास, बंगलादेशकी जेसिया इस्लाम, भारतकी मानुसी चिलर, लेबननकी पेर्ला हेलोउपछि पाँचौं नम्बरमा पर्न सफल भएकी हुन्।
निकिता मल्टिमिडिया स्पर्धामा छैटौं नम्बरमा पर्न सफल भइन्। यसमा पनि मंगोलियाकै सुन्दरी पहिलो भएकी थिइन्। भारतीय सुन्दरी दोस्रो, इन्डोनेसिया, इंग्ल्यान्ड र मेक्सिको पछि नेपाल छैटौं भएको थियो।
‘ब्युटी विथ अ पर्पोज’ स्पर्धामा उनी टप–१४ मा पर्न सफल भइन्। यो उपाधि भारतीय सुन्दरीले जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।