एजेन्सी– भारतकी मानुसी चिल्लरले यस वर्षको विश्व सुन्दरी स्पर्धाको उपाधि जितेकी छिन्।
विश्वका १ सय १८ राष्ट्रले भाग लिएको ‘मिस वर्ल्ड–२०१७’ स्पर्धामा मानुसीले अन्तिम ५ मा प्रवेश गरेका इंग्ल्यान्ड, मेक्सिको, फ्रान्स र केन्याकी सुन्दरीलाई पछि पार्दै उपाधि हात पारेकी हुन्।
२० वर्षीया मानुसी भारत हरियाणाकी हुन्। उनी मेडिकलकी विद्यार्थी हुन्।
भारतले १७ वर्षपछि मिस वर्ल्डको उपाधि जितेको हो। यसअघि सन् २००० मा भारतीय सुन्दरी प्रियंका चोपडाले ताज जितेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।