एजेन्सी– चीनको सान्यामा जारी विश्व सुन्दरी प्रतियोगिताको अन्तिम पाँच स्थानमा भारतीय सुन्दरी मनुसी चिल्लर प्रवेश गरेकी छिन्।
अन्तिम पाँचमा मनुसीसहित केन्या, फ्रान्स, इंग्ल्यान्ड र मेक्सिकोका सुन्दरी प्रवेश गरेका हुन्।
विश्वका १ सय १८ सुन्दरीले भाग लिएको यो स्पर्धाको शीर्ष १० स्थानमा भारत, इन्डोनेसिया, रुस, इंग्ल्यान्ड, दक्षिण कोरिया, जमैका, मेक्सिको, दक्षिण अफ्रिका, केन्या र फ्रान्सका प्रतियोगीहरू प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।