काठमाडौं- बलिउड अभिनेता सलमान खानसहित करिब एक दर्जन कलाकार काठमाडौं आउने भएका छन्।
फागुन २६ गते टुँडिखेलमा हुने ‘दबंग : द सलमान खान लाइभ इन नेपाल’ कन्सर्टमा सहभागी हुन सलमानका साथै प्रभु देवा, अभिनेत्री ज्याक्लिन फर्नान्डेज, जरिन खान, डेजी शाह, मित ब्रदर्श, सोहेल खान लगायत कलाकार आउने भएका हुन्।
कलाकारहरुलाई ओडिसी इन्टरटेनमेन्टले नेपाल ल्याउन लागेको हो।
उक्त कार्यक्रमभन्दा अगाडि नै सलमानका भाइ सोहेल होटल, सुरक्षा र कन्सर्ट हुने स्थान लगायतका विषयमा बुझ्न काठमाडौं आउने छन्।
ओडिसीले यसअघि दशरथ रंगशालामा क्यानेडियन पप गायक ब्रायन एडम्सलाई ल्याएर कन्सर्ट गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।