नयाँ दिल्ली (एजेन्सी)- बलिउड अभिनेता अक्षय कुमार पहिले रेस्टुरेन्टका शेफ थिए, अहिले सुपरस्टादर बनिसकेका छन्। तर, बलिउडकै चञ्चल अभिनेत्री ज्याकलिन फर्नान्डेजको कुरा भने फरक छ। फिल्मक्षेत्रमा नाम कमाएर अब उनी शेफ बनेकी छिन्।
पछिल्लो फिल्म 'जुडवा २' को सफलतापछि पछिल्ला दिनहरुमा ज्याकलिन श्रीलंकामा आफ्नो रेष्टुराँको ओपनिङमा व्यस्त छिन्। उनको रेष्टुराँ 'कीमासूत्र' श्रीलंकाको होटल साँग्रि-लामा खुल्ने तयारीमा छ।
पछिल्लो फिल्म 'जुडवा २' को सफलतापछि पछिल्ला दिनहरुमा ज्याकलिन श्रीलंकामा आफ्नो रेष्टुराँको ओपनिङमा व्यस्त छिन्। उनको रेष्टुराँ 'कीमासूत्र' श्रीलंकाको होटल साँग्रि-लामा खुल्ने तयारीमा छ।
उनी रेष्टुराँकी मालिक मात्र होइन, शेफकै रुपमा देखिनेछिन्। यसका लागि ज्याकलिनले आफ्नो बिजनेस पार्टनर तथा ख्याति कमाएका शेफ दर्शन मुनीदासाबाट तालिम पनि लिएकी छिन्। ज्याकलिनको रेष्टुराँको ओपनिङमा उनका आमा-बुवा पनि पुगेका छन्।
उनले आफ्ना आमा-बुवा र शेफको साथ रेष्टुराँ ओपनिङको फोटो सोसल मिडियामा सेयर गरेकी छिन्।

उनले आफ्नो रेष्टुराँको लागि लामो समयदेखि तयारी गरिरहेकी थिइन्।
'जुडवा २' पछि ज्याकलिन एक पटक फेरि सलमान खानको साथमा 'रेस ३' को सुटिङ सुरु गर्दै छिन्। यसअघि उनले सलमानसँग 'किक' फिल्ममा काम गरेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।