काठमाडौं– लुट – २ चलचित्र पाइरेसी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । चाबहील बस्ने रामनाथ सुनुवारलाई प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी परिसर काठमाडौंले साइबर अपराध मुद्दामा कारबाही अघि बढाएको छ। शारिरीक रुपमा अशक्त रहेका सुनुवारले भुलबस पाइरेसी भएको बताउँदै माफि दिन आग्रह गरेका छन् । तर, जाहेरवाला हाइलाइट्स नेपालले मुद्दा चलाउने बताएपछि प्रहरीले कारबाही अघि बढाएको हो । हाइलाइट्स नेपालका महाप्रबन्धक जनक तामाङले प्रहरीमा उजुरी दिएका छन्। लुट– २ फिल्म फेसबुकमार्फत ‘लिक’ भएको थियो । उनले फिल्म हलबाट खिचेर लिक गराएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।