नयाँ दिल्ली (एजेन्सी)- सन् ८० र ९० को दशकमा चर्चित रहेको अनिल कपुर र माधुरी दीक्षितको जोडी फेरि एक पटक फिल्ममा देखिने भएको छ।
निर्देशक इन्द्र कुमारको 'टोटल धमाल'मा यो जोडी आउन लागेको हो। हास्यप्रधान फिल्म 'धमाल' को तेस्रो शृंखला रहेको यो फिल्ममा अर्का अभिनेता अजय देवगनको पनि मुख्य भूमिका रहने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
'धमाल' का यसअघिका शृंखलामा सञ्जय दत्तले मुख्य भूमिका निर्वाह गरेका छन्। स्रोतका अनुसार फिल्ममा सञ्जय जस्तै अजय पनि बिना हिरोइन देखिनेछन्।
यसअघिका दुई फिल्म जस्तै हास्यप्रधान हुने 'टोटल धमाल' आगामी वर्षको तिहारमा रिलिज हुनेछ। सो मितिमा आमिर खान तथा अमिताभ बच्चन स्टारर 'ठग्स अफ हिन्दुस्तान' पनि रिलिज हुने घोषणा भइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।