काठमाडौं– प्रहरीले डेढ किलोभन्दा बढी सुनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरेको छ।
दिउँसो १२ बजेर ५० मिनेटमा थाइ एयरमार्फत् थाइल्याडबाट काठमाडौं आएका कम्बोडियन नागरिक ४५ वर्षीया थियाभी यू र भियतनाकी ६९ वर्षीया भोथी नोई छन्।
विमानस्थलको पार्किङ एरियामा चेक गर्ने क्रममा थियाभीको साथबाट ४ थान बाला र १ थान लकेट गरी ९ सय ३५ ग्राम सुन र नोइको साथबाट २ थान बाला र २ थान लकेट गरी ७ सय ४८ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ।
उनीहरुबाट बरामद सुनको तौल १ किलो ६ सय ८३ ग्राम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।