राजविराज– अवैद्य रुपमा भारत निकासी हुँदै गरेको करिब १० लाख मूल्य बराबरको मरिच र ओसार–पसारमा प्रयोग गरिएको पिकअप भ्यानसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
छिन्नमस्ता गाउँपालिका-३ स्थित नेपाल–भारत सिमा क्षेत्रबाट २ हजार ५ सय किलो मरिच बोकेको को १ च ९०३९ नम्बरको पिकअप प्रहरीले पक्राउ गरेको हो।
पिकअपका चालक सुनसरी छिटाहा-६ का २८ वर्षीय सुन्दरलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।
भारत छिर्नै लागेको पिकअप शंका लागेर चेकजाँच गर्दा १०० बोरा मरिच बरामद भएपछि गाडिसहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
मरिच, पिकअप र चालकलाई आवश्यक कारबाहीका लागि भन्सार कार्यालय सप्तरीमा बुझाइएको एसपी राजेन्द्र विष्टले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।