काठमाडौं– उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउने उद्देश्यले नेपाल प्रहरीले बसुन्धरा क्षेत्रका २० स्थानमा सिसिटिभी क्यामेरा जडान गरेको छ।
'समुदाय–प्रहरी साझेदारी कार्यक्रम'अन्तर्गत संगम क्लबको सहयोगमा १३ लाख रुपैयाँको लागतमा २० स्थानमा सिसिटिभी क्यामेरा जडान गरिएको प्रहरीले जानएको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले सिसिटिभीको उद्घाटन गर्दै प्रहरीले अगाडि सारेको 'समुदाय–प्रहरी साझेदारी कार्यक्रम'लाई अगाडि लैजान सिसिटिभी क्यामेरा जडानले सहयोग पुगेको बताए। आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको उनले औंल्याए।
सिसिटिभीको महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारमा नियन्त्रण कक्ष राखिएको छ। सिसिटिभी क्यामेरा जडानका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्जले १ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।