काठमाडौं- दयाहाङ राई, वर्षा सिवाकोटी र सुरक्षा पन्तको मुख्य भुमिका रहने ‘भैरे’ फिल्मको बिहीबार औपचारिक घोषणा गरिएको छ। फिल्मलाई एभरेस्ट सूर्य बोहराले निर्देशन गर्ने भएका छन्।
बोहराले यसअघि ‘अग्निपरीक्षा’, ‘कान्छा’, ‘मुटु’ र ‘ठूली’ निर्देशन गरेका थिए। ‘भैरे’मा दया, वर्षा तथा सुरक्षाका अलावा सुनिल थापा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जान्हवी बोहरा, जयनन्द लामा, अनुभव रेग्मी, कञ्चन ठकुरी आदिको अभिनय रहनेछ।
काठमाडौं, पोखरा र मुस्ताङका लागि ४० दिन सेड्युल रहेको फिल्मलाई पुरुषोत्तम प्रधानले खिच्नेछन्। निर्देशक बोहराकै कथा रहेको फिल्ममा पटकथा तथा संवाद अभिमन्यू निरवी र दिनेश न्यौपानेको रहनेछ।
वसन्त सापकोटा, अर्जुन पोखरेल र यम बरालको संगीत रहने फिल्मका निर्माता प्रेमप्रसाद पौडेल हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।