काठमाडौं- निर्देशक दीपेन्द्र के खनाल तथा 'लभ लभ लभ'बाट डेब्यु गरेका अभिनेता सुरज पाण्डेले फिल्म खिच्ने अत्याधुनिक 'रेड एट के डब्लु' क्यामेरा भित्र्याएका छन्। सो क्यामेरा नेपालमा पहिलो पटक ल्याइएको हो। गहनापोखरीस्थित कार्यालयमा उनीहरूले सञ्चारकर्मीमाझ क्यामेरा सार्वजनिक गरे।
क्यामेराबारे जानकारी दिँदै दीपेन्द्रले आफूहरूले भित्र्याएको क्यामेरा सानो, बोक्न सजिलो, ताररहित र लो लाइटमा फिल्म खिच्न सक्ने विशेषता रहेको बताए।
'हामीकहाँ क्यामेराको बडी नयाँ भए पनि धेरैले पुराना लेन्स ल्याउँछन् तर हामीले यस वर्ष अवार्ड जित्न सफल सेलेरे एचएस जर्मनी लेन्स ल्याएका छौ', उनले भने, 'यस लेन्सको विशेषता भनेको सिनेम्याटिक लुक्स हो।'
क्यामेराले लो लाइटमा आउने ग्रेनको समस्यालाई हटाउने दीपेन्द्रले दाबी गरे। क्यामेराको पिक्चर क्वालिटी ३५.४ मेगापिक्सेल रहेको छ। यस क्यामेराको विशेषता भनेको खिचेको दृश्यलाई गुणस्तर नखस्काई पुन: रिफ्रेमिङ गर्न सकिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।