काठमाडौं- शुक्रबार नेपाली वक्सअफिरमा नेपाली, बलिउड र हलिउड गरी तीन फिल्म रिलिज भएका छन्। रिलिज भएका तीनै फिल्मको मुख्य भिडन्त मल्टिप्लेक्समा ज्यादा हुने सम्भावना छ।
झ्यानाकुटी : वेनिशा हमाल, सौगात मल्ल स्टारर पारिवारिक ड्रामालाई सिमोस सुनुवारले निर्देशन गरेका हुन्। अभिनेत्री निशा अधिकारीको डेब्यु निर्माण फिल्मले पारिवारिक कथा भन्छ। फिल्मले विवाहित श्रीमान्-श्रीमतीको सम्बन्धको कथालाई कमेडी शैलीमा पस्किने निर्माण समूहको दाबी छ।
फिल्म रिलिजको एक साताअगाडि रिलिज गरिएको 'भो मलाई चाहिदैन अर्की' बोलको गीत दर्शकश्रोताका बीचमा लोकप्रिय भइरहेको छ। गीत लोकप्रियताको असर बक्सअफिसमा कस्तो हुनेछ? त्यो भने हेर्न बाँकी छ।
अक्सर २ : थ्रिलर कथा भन्ने फिल्मलाई अनन्थ नारायनन् महादेवनले निर्देशन गरेका हुन्। फिल्म सन् २००६ मा रिलिज भएको सोही नामको फिल्मको सिक्वेल हो। फिल्ममा गौतम रोडे, अभिनव शुक्ला, जरिन खान तथा मोहित मदानको मुख्य अभिनय रहेको छ।
जस्टिस लिग : फिल्म डिसी कमिक्सका सुपरहिरो चरित्रमा आधारित फिल्म हो। 'जस्टिस लिग' पाँचौ सिक्वल हो। ज्याक स्नाइडरको निर्देशन रहेको फिल्ममा बेन एफलेक, हेनेरी काभिल, एमी एडम्स, गल ग्याडोट, इजरा मिलरको मुख्य भूमिका रहेको छ। सुपरहिरो चरित्रहरू: ब्याटम्यान, वान्डर वुमन, द फ्ल्यास, एक्वाम्यान तथा सोवर्गले सुपरम्यान मरेपछि उनलाई सम्मानका स्वरूप टिम बनाएर काम गर्ने कथा फिल्मले भन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।