मुम्बई (एजेन्सी)– पद्मावतीको कथालाई लिएर उब्जिएको विवादका बीच राजपुत करणी सेनाले अभिनेत्री दीपिका पादुकोणको नाक काट्ने धम्की दिएका छन्। धम्की पाएपछि मुम्बई पुलिसले विहिबारदेखि दीपिकाको सुरक्षा थप गरेको छ।
करणी सेनाका नेता महिपाल सिंह मकरानाले विहिबार पद्मावती विरुद्ध प्रतिबन्ध नलागेको खण्डमा र दीपिकाले समाजलाई भडकाउने प्रतिक्रिया दिने काम नरोकेको खण्डमा उनको हालत रामायणको सुर्पणखा जस्तै बनाउने धम्की दिएका थिए। संयुक्त पुलिस आयुक्त देवेन भारतीले दीपिकालाई नाक काट्ने धम्की आएपछि आफूहरुले सुरक्षा व्यवस्था कडा पारेको जानकारी दिए।
उनले धम्कीपछि फिल्म निर्माता संजय लिला भन्सालीसहित शाहिद कपुर र रणवीर सिंहको सुरक्षा व्यवस्था पनि कडा पारिएको बताए। पद्मावतीको कथाको विषयमा विवाद उब्जिएपछि यसलाई रोक्न देश व्यापीरुपमा विरोध भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।