धनगढी- कैलालीमा बालिका बलत्कार प्रयास गरेको आरोपमा वडा सचिव पक्राउ परेका छन्।
प्रहरीले घोडाघोडी नगरपालिका- ४ र ९ मा कार्यरत वडा सचिव यज्ञराज आचार्यलाई पक्राउ गरेको हो।
५० वर्षीय आचार्यलाई १२ वर्षिया बालिकामाथि बलात्कार गर्ने प्रयास गरेको आरोप लागेको छ।
शुक्रबार राति साढे ११ बजे तिर घरमै सुतिरहेको अवस्थामा आचार्यले बालिकालाई बलात्कार प्रयास गरेको बताईएको छ।
आरोपित आचार्यलाई यौन दुर्व्यवहारअन्तर्गत मुद्दा चलाइने इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्षराज जोशीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।