• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ २, २०८३ Tue, Aug 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

जनता सरकारसँग रुष्ट छन्, तर कांग्रेससँग पनि खुसी छैनन् : गगन थापा

64x64
नेपाल लाइभ शनिबार, वैशाख ७, २०७६  १८:०६
1140x725

तीनै तहको निर्वाचन सम्पन्न गर्ने कुरा सजिलो थिएन। कांग्रेसको नेतृत्वमा सरकारमा हुँदा संविधान बनेको तर निर्वाचन नभएको अवस्था थियो। यसमा प्रत्येक कांग्रेसले गौरव गरे हुन्छ।

तर, गम्भीर गल्तीहरू हुने गरेका छन्। भरतपुरमा हामीले जीवनमा नगरेको कार्य हसियाँ हथौडामा भोट हाल्यौं। हामीसँग सरकारमा रहेको माओवादी रातारात अर्को पार्टीसँग एकता गर्न पुग्यो। हाम्रो क्षमता कस्तो? शासन सञ्चालनमा कमजोर भएका छौं। पार्टी सञ्चालनमा कमजोर भएका हौं। 

कांग्रेसका सभापतिहरु सुशील कोइरालाको नेतृत्वमा संविधान र शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचन भएकोमा गर्व गरौं। र, गल्ती र कमजोरी भएका ठाँउमा निर्मम समीक्षा गरौं। तब मात्रै पार्टी सही ढंगबाट सञ्चालन हुन सक्दछ।

आजको दिनमा नेपाली कांग्रेसको दायित्व के हो? अर्को निर्वाचन जित्न चाहन्छौं, त्यसमा शंका छैन। हामी भक्तपुरको मजदुर किसान पार्टी होइनौं, मादल बजाएर भक्तपुर परिक्रमा गर्ने। हामी नेपाली कांग्रेस हौं, १ सय ६५ स्थानमा चुनाव लड्छौं र जित्छौं पनि। 

तर, कांग्रेस बनेको एउटा चुनाव जित्नको लागि होइन। कांग्रेस एकपटक हारेर सकिने पनि होइन। कांग्रेसले लय समात्यो भने निर्वाचनको परिणाम कांग्रेसलाई पछ्याएर आएको छ।

निर्वासनमा रहनुभएका बिपी राष्ट्रभन्दा ठुलो केही होइन भनी जीवन हत्केलामा राखी नेपाल प्रवेश गर्नुभयो। देशप्रतिको कर्तव्य त्यही थियो। सशस्त्र युद्धमा रहेको माओवादीलाई गिरिजाप्रसाद कोइरालाले संसदीय राजनीतिमा ल्याउनुभयो। त्यो बेला देशप्रतिको कर्तव्य त्यही थियो ।आज कांग्रेसको देशप्रतिको कर्तव्य के हो? मूल्यांकन गर्ने बेला आएको छ। 

वर्तमान समयमा कांग्रेसको कर्तव्य संविधान जोगाउनु हो। विभेदपूर्ण समाजमा राखिएका मूल्यमान्यता केवल कागजी कुरा मात्रै हुन्छ। हिजोको एमाले र माओवादीले बोकेको मूल्यमान्यता कांग्रेसले बोकेको मूल्यमान्यता फरक छ। त्यसकारण संविधानको स्वामित्व कांग्रेसले लिन सक्छ। त्यसो भन्नु कांग्रेसको ड्युटी हो। संविधान असफल भयो भने नेपालले पूरानो नियति भोग्छ। तसर्थ संविधान जोगाउनु कांग्रेसको कर्तव्य हो। 

संविधानमा खतरा कोबाट छ? विप्लव पार्टीको माग के हो, अहिलेसम्म बुझेको छैन। उसले चाहेको के हो? बुझ्न सकेको छैन। सिके राउतबाट पनि संविधानमाथि खतरा छैन। मन्दिर-मन्दिर घुम्ने पूर्वराजा र पूर्वपञ्चबाट पनि संविधानमाथि खतरा छैन। 

nimb
nimb
Ncell 2
Ncell 2

संविधानलाई खतरा कोहीबाट छ  भने यसै संविधानमार्फत् सपथ खाएको सरकारबाट छ। आजका लागि डरलाग्दो विषय नै यही हो।

संवैधानिक मर्यादामा बस्नुपर्ने राष्ट्रपति पूर्व राजसंस्थाको भद्दा नक्कल गरेकाले प्रत्येक दिन जनता आजित भएका छन्। संविधानको सफल कार्यान्वयनका लागि पनि महामहिम राष्ट्रपतिज्युलाई हात जोडेर बाहिर ननिस्कनुस् भन्नुपर्नेछ। 

व्यवस्था हिजोको जस्तो छैन। ७ सय ५३ वटा सरकार छन्। तर, प्रधानमन्त्री त्यसलाई मान्दै मान्नुहुन्न। प्रदेशको मुख्यमन्त्री, मुख्यमन्त्री जस्तो लाग्दै लाग्दैन, प्रधानमन्त्रीको कारिन्दा जस्तो लाग्छ। प्रदेशको अधिकार र हकका लागि मुख्यमन्त्री लड्छ। मुख्यमन्त्री भएको आभासै नभएपछि प्रदेशको अधिकारको लागि बोलेकै सुनिन्न। 

नेकपाको कार्यकर्ता भएर प्रदेश मुख्यमन्त्री चलिरहेका छन्। न प्रदेश सरकारले प्रदेश चलाउन सकेको छ। न स्थानीय सरकारहरु चल्न सकेका छन्। न प्रधानमन्त्रीले संघीय व्यवस्था सञ्चालन गर्ने क्षमता विकास गर्नुभएको छ। संविधान,गणतन्त्र र लोकतन्त्रप्रतिको प्रतिबद्धताको कमीले सिंगो व्यवस्था धरापमा पर्ने अवस्था छ।

लोकतन्त्रको आधारभूत मान्यता भनेको कोहीसँग पनि अधिकार असीमिति हुनुहुँदैन। अर्को पटक तह लगाइदेलान् भनी मेरा मतदातासँग म डराउँछु। त्यसैले वडा अध्यक्षलाई सुनाउने गुनासा म कहाँ आएपनि मैले सम्बोधन गर्छु। हामी डराउँछौं। 

पार्टीको झन्डा ओढेको कर्मचारीलाई निर्वाचन आयुक्त बनाइएको छ। वाइडबडी काण्डमा अख्तियारलाई छलेर छुट्टै आयोग बनाउने कार्य भएको थियो। अदालत, लोकसेवा आयोगलगायतका संवैधानिक निकायलाई 'पङ्गु' बनाउन खोजिएको छ। संसद् र अदालतलगायतका सबै निकाय पङ्गु बनाउँदै गर्दा यो व्यवस्था धरापमा पर्छ। संघीय लोकतान्त्रिक व्यवस्थालाई धरापमा पार्ने डर वर्तमान सरकारबाट छ।

शान्ति सुरक्षा दुनियाको सामु जगजाहेर छ। 

भ्रष्टाचारको कुरा गर्दा बालुवाटारमा ऐना छ कि छैन भन्दा उत्तर दिन सक्नुभएन।

बिपी कोइरालाको सरकारभन्दा पनि शक्तिशाली सरकारले असाधारण काम गर्नुपर्नेमा सामान्य भन्दा सामान्य काम गर्न सकेको छैन। बिपी कोइरालासँग दुई तिहाइ थियो तर तरबारमा दरबारको हात थियो। प्रधानमन्त्रीको आँखाबाट प्रतिपक्ष कमजोर छ। प्रतिपक्ष कमजोर हुनु त प्रधानमन्त्रीलाई लाभ नै हो ।तातो कुर्चीमा बस्न आएका ओलीको सपनाको केन्द्रमा के हो? प्रधानमन्त्री भन्नुहुन्छ ‘दुइतिरबाट रेल आएको छ। हामी प्रधानमन्त्रीलाई फेरि भन्छौं विद्यालयमा शिक्षक छैनन्। उहाँ भन्नुहुन्छ, पख बाबु पख पहिले रेल आउँछ त्यसमै चढेर शिक्षक आउँछन्। स्वास्थ्यचौकी खालफ भएको भन्छौं। प्रधानमन्त्रीको जवाफ हुन्छ,‘पानी जहाज जढेर गाउँगाउँ पुग्छन्।’

संसारमा अनुदार शासकसँग के हुन्छ भने जनतासँग कर उठाउने, दातृ राष्ट्रसँग ऋण लिने अनि भत्ता बाँड्ने। यो सबैभन्दा सजिलो बाटो हो। दाबीका साथ भन्न सकिन्छ, अब आउने बजेटमा वृद्धभत्ता बढ्छ। तर, त्यो पैसा कहाँबाट आउँछ ,कसैले सोच्दैनन्। भत्ता बाड्नु सरकारको सफलताको मानक होइन।

सरकारको सफलताको मानक गएको एक वर्षभित्र किसान कति भए, कुन श्रमिक खुसी भए? उद्योगधन्दा कति दर्ताभए, खुले। सरकारको सफलताको मानक हुन्। बाहिरी लगानीकर्ता को आए? कोही आउदैनन्। यस्तै अवस्था रहँदै गरे हाम्रो अवस्था कमजोर हुँदै जान्छ। 

यस्तो अवस्था किन आयो? निर्वाचन आयोगमा कागजी दर्ता गरेर मात्रै पार्टी हुन सक्दैन। डर र लोभबाट कम्युनिस्ट नेकपा बनेको हो। पार्टी विचारको आधारमा बन्छ। नीति र विचारको आधारमा नेकपा बनेको होइन। प्रचण्डको डर र केपी ओलीको लोभका कारण नेकपा बनेको हो।

यी दुई दुई पार्टीको सैद्धान्तिक आधार छैन। चार वर्ष यस सरकारले बेढंगको काम गर्छ। यस सरकारले बिगार्ने मात्रै काम गर्छ। चार वर्षमा खुत्रेके कम हुँदै जान्छ। अवसर सिर्जना हुँदैन। 

अबको निर्वाचन ४० लाख मतदाता थपिन्छन् । ती युवालाई यो सरकारले अवसर सिर्जना गर्नै सक्दैन। चार वर्षमा सरकारसँग  जनताको असन्तुष्टि चुलिन्छ। सरकारसँग रिसाएको युवामा निराशा पैदा हुन्छ। त्यस बेला संघीयता काम लागेन भन्दै विभिन्न बहानामा बल्छी हान्न आउनेहरु हुन्छन्। त्यसबेला कांग्रेस ढुक्क उभिएर भन्न सक्छ कि सक्दैन? हिजो सूर्यलाई भोट हाल्दा सूर्यले मलाई पोल्यो छहारी दिने रुख छ भन्ने अवस्था सिर्जना गर्न कांग्रेसले सक्छ कि सक्दैन? कांग्रेसले विश्वास दिलाउन सकेमात्रै पुग्छ। त्यस्तो अवस्था बने/नबनेको इमान्दारितापूर्वक समीक्षा गरौं। मान्छे कम्युनिस्ट पार्टीसँग रिसाएको छ। तर,कांग्रेससँग खुसी भएको पनि छैन।

गौरवशाली इतिहास कांग्रेसको छ। त्यसमा गर्व गरौं। तर, अब हामीले हेर्ने भनेको ०७९ सालको निर्वाचन हो। त्यस चुनावमा कांग्रेसले जित्दै गर्दा ०१५ सालमा बिपी कोइरालाले यसो गर्नुभएको थियो भनेर हुँदैन।

नागरिकता विभेदमा भएको सन्दर्भमा कांग्रेस ठिङ्ग उभिनुपर्छ। अनेक विषय छन्। सरकारले बालुवाटारदेखि बूढीगण्डकीसम्म सरकारले सकेको छ। सबै विषयमा सरकारसँग कांग्रेस मिलेको भन्ने भ्रम छ। त्यो भ्रम कांग्रेसले मेटाइदिनुपर्छ। 

माथिदेखि तलसम्म कांग्रेस सुर्धानु छ। प्रतिपक्षको जिम्मेवारीमा रहेको कांग्रेससँग एउटा मात्रै बाटो छ। त्यो हो संगठनको बाटो। कांग्रेससँग तागत सिंहदरबार र बालुवाटार होइन। विधान बनाएका छौं तर संघीयता अनुसार प्रादेशिक संरचना बन्न सकेको छैन। 

(नेपाली कांग्रेस रुपेन्देही-२ को क्षेत्रीय सम्मेलनमा थापाले गरेको सम्बोधनको सम्पादित अंश)

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित)
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने
सम्बन्धित सामग्री
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा रिहा भएपछि पुनः पक्राउ गर्ने घटना दोहोरिन्थ्यो। मलाई लगातार पाँच पटकसम्म सर्वोच्च अदालतले रिहा गर्ने आदेश दियो, अदालतबाट बाहिर आउने... शनिबार, साउन ३०, २०८३
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! ‘यी’ भन्नाले को? देउवाले कालान्तरमा प्रस्ट्याउलान्। अहिले बुझिने दुईवटा पक्ष छन्- एकातिर बालेन्द्र शाह नेतृत्वको सरकार र अर्कोतिर ने... शुक्रबार, साउन २९, २०८३
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? बालेन सरकारसँग अहिले एउटा ऐतिहासिक अवसर छ । युवाले सडकमा उठाएको प्रश्नलाई राज्यको नीतिमा बदल्ने अवसर । तर इतिहासले सरकारलाई अवसर मात... बिहीबार, साउन २८, २०८३
ताजा समाचारसबै
३७ जना नायब सुब्बाको सरुवा (सूचीसहित) मंगलबार, भदौ २, २०८३
थाइल्यान्डबाट नेपालमा निरन्तर गाँजा तस्करी, ३९ किलो गाँजासहित ८ विदेशी नागरिक पक्राउ मंगलबार, भदौ २, २०८३
नेपाल आइपुगे बलिउड गायक नवजोत आहुजा, क्लब नोभामा प्रस्तुति दिने मंगलबार, भदौ २, २०८३
डीडीसीको बक्यौता भुक्तानी अवधि २५ दिनमा झार्ने मन्त्री चौधरीको दाबी मंगलबार, भदौ २, २०८३
कप्तानगन्ज घटना: बाहिरी हतियार प्रयोग नभएको छानबिन समितिको निष्कर्ष मंगलबार, भदौ २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
उपसभामुखले पत्रकार किशोर श्रेष्ठ विरूद्व प्रहरीमा दर्ता गराएको उजुरीमा के छ ? सोमबार, भदौ १, २०८३
यसपटक आईजीपीसहित गृहसचिवविरुद्धसमेत खगेन्द्र सुनारको प्रहार– ‘तुरुन्त बर्खास्त गरी छानबिन गर्नुपर्छ’ सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
न्यायाधीश नियुक्ति : अब चै भागबण्डाबाट पाठ सिक्ने कि ? हरि भट्टराई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
पत्रकार किशोर श्रेष्ठको पक्राउमा उपसभामुखको अशोभनीय पोष्ट बुधबार, साउन २७, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्