• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

श्रीमान् गुमाएकी सरस्वती भन्छिन्- दुई छाक खानकै चिन्ता छ, छोरालाई कसरी विद्यालय पठाउने?

64x64
नेपाल लाइभ शनिबार, वैशाख ७, २०७६  १२:३३
1140x725

धनगढी- अहिले देशभर नयाँ शैक्षिक सत्र २०७६ को विद्यार्थी भर्ना अभियान चलिरहेको छ। संघ, प्रदेश र स्थानीय सरकारले विद्यार्थीहरूलाई विद्यालय भर्ना गराउन विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ। तर, यही बेला दार्चुला जिल्लाको दुहुँ गाउँपालिका-१ का सरस्वती बमलाई छोरालाई कसरी विद्यालय पठाउने? भन्ने चिन्ताले पिरोलेको छ। अहिलेसम्म विद्यालय भर्ना गराउने विषयमा कुनै निर्णय लिन सकेकी छैनन् सरस्वतीले। 

सरस्वतीका ९ वर्षीय छोरा सन्देश कक्षा २ बाट उत्तीर्ण भएका छन्। तर, सरस्वतीलाई भने छोराले पढ्न पाउँदैन भन्ने चिन्ताका साथै ललाइखुवाइका साथै कसरी पारिवारिक गुजारा टार्ने भन्ने चिन्ताले सताउन थालेको छ। ‘घरमा प्रत्येक दिन दुई छाक खानाको कसरी जोहो गरुँ भन्ने चिन्ताले सताउँछ, छोरालाई कसरी विद्यालय पठाउने?’ सरस्वती भन्छिन्, ‘फागुन १७ गते भएको जिप दुर्घटनाले मेरो त सबैथोक समाप्त भयो। छोरालाई कसरी पढाऊँ?’

२०७५ साल फागुन १७ गते दार्चुला जिल्लाको दुहुँ गाउँपालिका-३, राताकाठाको भिरमा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको थियो।

जिप दुर्घटनामा सरस्वतीका ३५ वर्षीय श्रीमान् धनबहादुर बम, ७१ वर्षीया सासुआमा धनादेवी बमको पनि मृत्यु भएको थियो। अहिले घरमा २५ वर्षीय सरस्वती, उनका छोरा सन्देश र वृद्ध ससुरा मात्र  छन्। 

‘श्रीमानले विदेशमा गएर कमाएर ल्याएको रकमबाट छोरालाई एउटा स्थानीय निजी विद्यालयमा पढाइरहेकी थिएँ। अब घरमा कोही पनि कमाउने छैन,’ सरस्वतीले नेपाल लाइभसँग टेलिफोन वार्तामा भनिन्, ‘घरखर्च चलाउन म घाँस दाउँरा बोक्ने, ढुंगा बोक्नेलगायतका दैनिक मजदुरी गरेर तीन जनाको परिवारका लागि दुई छाकको जोहो गरिरहेकी छु।’

दैनिक मजदुरीबाट आएको ज्यालाले छोरालाई शिक्षा दिन सक्ने स्थिति नरहेको सरस्वतीले बताइन्। श्रीमानको मृत्युपछि पाउनुपर्ने क्षतिपूर्ति अहिलेसम्म उनले पाएकी छैनन्।

जिप दुर्घटनापछि स्थानीय जिप समितिले मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको थियो।

दार्चुलाबाट नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सुदूरपश्चिम प्रदेशसभा सदस्य कुमारी नन्दा बमले जिप दुर्घटनामा बुबा गुमाएका सन्देशकोे लालनपालन, शिक्षा, स्याहारमा कठिनाइ रहेको बताइन्।

Ncell 2
Ncell 2
nimb
nimb

शैक्षिक शुल्क निर्धारणमा चासो दिएनन् स्थानीय तहले
यसैबीच कैलालीका स्थानीय तहहरूले अझैंसम्म पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत (निजी) विद्यालयका लागि शैक्षिक शुल्क निर्धारण गर्न चासो दिएका छैनन्।

शैक्षिक सत्र २०७६ को विद्यालय भर्ना अभियान आरम्भ भइसक्दासमेत कैलालीका स्थानीय तहहरूले निजी विद्यालयका लागि शैक्षिक शुल्क निर्धारण गर्न चासो नदिएको निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले जनाएको छ।

कैलाली जिल्लामा एक उपमहानगरपालिका, ६ नगरपालिका र ६ गाउँपालिकामध्ये कुनै पनि स्थानीय तहले पनि अहिलेसम्म निजी विद्यालयले शैक्षिक शुल्क निर्धारण गर्न चासो नदिएको प्याब्सनले जनाएको छ। कैलालीमा चार सयभन्दा बढी निजी विद्यालय रहेको बताइन्छ।

प्याब्सनका धनगढी नगर अध्यक्ष पदमबहादुर साउँदले भने, ‘धनगढी उपमहानगरपालिका भित्र रहेका निजी विद्यालयका लागि शैक्षिक शुल्क निर्धारण नहुँदा हामी अन्योलमा परेका छौं।’ उनले स्थानीय तहले निजी विद्यालयको शैक्षिक शुल्क यथाशीघ्र निर्धारण गर्न आग्रह गरे। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

धनगढी उपमहानगरपालिका मात्र नभई जिल्लाका अन्य स्थानीय तहले पनि अझैंसम्म निजी विद्यालयका लागि शैक्षिक शुल्क निर्धारण नगर्दा निजी विद्यालय संचालकहरू अन्यौलमा रहेको प्याब्सन कैलालीका अध्यक्ष डिल्लीराज रेग्मीले बताए।

‘स्थानीय तहले नियम बनाएर अघि बढ्नु पर्ने हो, तर अझैं कार्यान्वयन भएको छैन’ अध्यक्ष रेग्मीले भने, ‘कैलालीका १२ वटा स्थानीय तहले शिक्षा समिति गठन गरे पनि टीकापुर नगरपालिकाले समिति समेत गठन गरेको छैन।’ 

त्यस्तै, स्थानीय तहहरूले अझैं विद्यालयको वर्गीकरण पनि गर्न नसकेको प्याब्सनका धनगढी नगर समिति अध्यक्ष साउदले बताए। ‘विद्यालयको वर्गीकरण गरेको भए हामीलाई सहज हुने थियो, तर त्यो पनि भएको छैन,’ उनले भने, ‘अहिले पनि ढिलो भएको छैन। स्थानीय तहले छिटो शैक्षिक शुल्क निर्धारणमा स्थानीय तहले ध्यान दिनुपर्छ।’

धनगढी उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख वीरबहादुर नेपालीले निजी विद्यालयको शैक्षिक शुल्क निर्धारणका लागि प्रक्रिया अघि बढाइएको बताए। ‘आज (बिहीबार) हामी सरोकारवालाहरूलाई बोलाएर बैठक गर्छौं। त्यसपछि निजी विद्यालयहरूले लिइरहेको शैक्षिक शुल्क विवरणको फाराम माग गर्नेछौं,’ उनले भने।

धनगढी उपमहानगरपालिकामा करिब एक सय निजी विद्यालय सञ्चालनमा रहेको भएपनि कुनै पनि विद्यालयले शैक्षिक शुल्क विवरण नबुझाएको शिक्षा शाखा प्रमुख नेपालीले बताए।

त्यस्तै, भजनी नगरपालिकाले पनि शुल्क निर्धारणबारे कुनै प्रक्रिया अघि बढाउन नसकेको शिक्षा शाखा प्रमुख राजकिशोर कर्णले बताए। ‘अब हामी केही दिनमै शिक्षा समितिका पदाधिकारीसंग छलफल गरेर अघि बढ्छौं,’ उनले भने।

उनले नगरमा सञ्चालन रहेका विद्यालयहरू शूल्क विवरण माग गरे पनि कसैबाट आउन नसकेको प्रतिक्रिया दिए।

विद्यालय वर्गीकरणका लागि ५४ बुँदा र अन्य उपबुँदामा सूचक तोकिएका छन्। तीमध्ये विद्यालयको आफ्नै जग्गा, भवन, हातामा घेराबार, खेलमैदानजस्ता भौतिक पूर्वाधारस पुस्तकालय, शौचालय, खेलका सामग्रीजस्ता सुविधा विद्यार्थी संख्या, शिक्षक, छात्रवृत्ति, विद्यालय व्यवस्थापन समितिको बैठक, शैक्षिक उपलब्धि, महिला शिक्षक अनुपात, छात्राबास, बालमैत्री कक्षा, शिक्षक बैठक, कर्मचारी संख्यालगायत छन्।

यी सूचकका आधारमा ‘विद्यालय वर्गीकरण तथा शुल्क अनुगमन समिति’ले विद्यालय वर्गीकरण गर्ने प्रावधान छ।

प्रकाशित मिति: शनिबार, वैशाख ७, २०७६  १२:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने...
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी
हिमपहिरोको जोखिम देखाएर जलविद्युत् आयोजना रोक्न नहुने भट्टराईको भनाइ, बूढीगण्डकीलाई बहुउद्देश्यीय परियोजना बनाउन सुझाव
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ मंगलबार, कात्तिक ३, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना हुँदा नौ जना घाइते मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
‘दशैँमा देशभरको सुरक्षा व्यवस्था सुदृढ, १० लाख नागरिक उपत्यकाबाट बाहिरिए’ : नेपाल प्रहरी मंगलबार, कात्तिक ३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
दशैंको खानपान र ग्यास्ट्राइटिस मंगलबार, कात्तिक ३, २०८३
फलोअप: फरार अभियुक्तले फेसबुकबाट हटाए गृहमन्त्रीसँग खिचेको सेल्फी र भिडियो, अनि भने... मंगलबार, कात्तिक ३, २०८३
किम जोङको मृत्युको अफवाहबीच उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमद्वारा तस्बिर सार्वजनिक मंगलबार, कात्तिक ३, २०८३
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
जटिल प्रसूति समस्यापछि गर्भवती महिलाको सेनाद्वारा हवाई उद्धार नेपाल लाइभ
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
गाडीमा यात्रा गर्दा किन आउँछ वाकवाकी? कसरी जोगिने मंगलबार, कात्तिक ३, २०८३
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्