काठमाडौं- 'मिस इन्टरनेशनल'को प्रतिस्पर्धा पुगेकी 'मिस नेपाल इन्टरनेशनल' नीति शाहले प्रतियोगितामा खासै उपलब्धि हात पार्न सकिनन्। बरु प्रतिष्पर्धाका लागि जापानमा रहँदा नेपाली महिलाबारे दिएको अभिव्यक्तिका कारण भने उनले सामाजिक सञ्जालमा चर्को आलोचना खेप्नुपर्यो।
तीव्र आलोचना भएपछि नीतिले आफ्नो आशय कसैलाई चोट पुर्याउने नभएको भन्दै माफी मागेकी छिन्। फेसबुकमा लामो स्टाटस लेख्दै उनले आफूले नेपालको लैंगिक विभेदको अवस्थालाई चित्रण गरेको तर आफ्नो अभिव्यक्तिलाई गलत रुपमा बुझिएको उल्लेख गरेकी छिन्।

ताज प्रतिस्पर्धाका लागि जापान पुगेकी नीतिले एक अन्तर्क्रियामा नेपाली महिलाको अवस्था दर्शाउने क्रममा नेपालमा एकातिर शिक्षित शहरिया महिला र अर्कोतर्फ ग्रामीण क्षेत्रमा सेवा-सुविधाबाट वञ्चित महिलाहरू रहेको बताएकी थिइन्।
त्यस क्रममा उनले ग्रामीण नेपाली महिलाहरु विभिन्न मुलुकमा देहव्यापारका लागि बेचिने गरेको बताएकी थिइन्।
हेर्नुहोस्, जापानमा नीतिले के बोलेकी थिइन्-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।