काठमाडौं- विश्वका होचा कलाकारको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा नाम लेखाउने तयारीमा रहेका हास्य कलाकार दीपेन शाहको निधन भएको छ।
दुवै मिर्गौला फेल भएपछि उपचार गराइरहेका दीपेनको बिहीबार बिहान ९ बजे किस्ट हस्पिटलमा निधन भएको हो। उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्ड परिसरमा राखिएको छ।
१९ वर्षीय दीपेनको उचाइ ११ इञ्च मापन गरिएको थियो। हास्य टेलिश्रृखंला 'झ्याइँकुटी'बाट 'दिपेन सर'का रूपमा चर्चा बटुलेका दीपेनले महादेव त्रिपाठीसँग जोडी बाँधेर स्टेज प्रस्तुतिहरू दिने गरेका थिए।
गिनिज रेकर्डका लागि गिनिजको कमिटीले उनको पहिलो भेरिफिकेसन गरिसकेको थियो। केहि महिनामा होचा कलाकारको रूपमा उनको रेकर्ड रहने-नरहने टुंगो लाग्ने प्रक्रियामा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।