विश्वका होचा कलाकारको रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डसमा नाम लेखाउने तयारीमा रहेका हास्य कलाकार दीपेन शाहको निधन भएको छ। दनको शारिरिक उचाइ ११ इन्च मापन गरिएको थियो।
दुबै मिर्गौला फेल भएपछी उपचार गराइरहेका दीपेनको बिहान ९ बजे किस्ट हस्पिटलमा निधन भएको हो। हाल उनको पार्थिव शरिरलाई श्रद्धाञ्जलीका लागि चलचित्र विकास बोर्डमा राखिएको छ।
परिवारका कान्छा छोरा दीपेन १९ वर्षका थिए। हास्य टेलिश्रृखंला 'झ्याईकुटी'बाट 'दिपेन सर'को रूपमा चर्चा बटुलेका दीपेनले महादेव त्रिपाठीसँग जोडी बाँधेर स्टेज प्रस्तुतिहरू दिने गरेका थिए। गिनिज रेकर्डका लागि गिनिजले उनको पहिलो भेरिफिकेसन गरिसकेको थियो। केहि महिनामा 'सोचा कलाकारको रूपमा उनको रेकर्ड रहनेनरहने टुङ्गो लाग्ने प्रक्रियामा थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।