काठमाडौं– कलाकारहरु आफू आस्थावान् पार्टीका गीत गाउन व्यस्त रहेका बेला पशुपति शर्मा र मञ्जु पौडेलले फरक गीत बजारमा ल्याएका छन् । उनीहरुले नेता र पार्टीले होइन, जनताले चुनाव जित्नुपर्ने आशयको गीत सार्वजनिक गरेका हुन् । यसपल्टको निर्वाचनमा हाम्रालाई भन्दा पनि राम्रा उम्मेदवारलाई मतदान गर्ने आव्हान गरिएको छ गीतमा ।
गीत गायक शर्माले नै लेखेका हुन् । गीतको म्युजिक भिडियोमा गायक शर्मासँगै गायिका पौडेलले अभियन गरेका छन् । दुर्गा पौडेलले निर्देशन गरेको म्युजिक भिडियोको सिनेमाटोग्राफर देवराज गुरुङ हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।